Close This

सुप नेपाली समाज जापानमा थापा, सुपको कला–संस्कृति जोगाउन  १० लाखको अक्षय कोष स्थापना 

नेपालको सुदूरपश्चिम घर भइ काम र अध्ययन विशेषले जापानमा रहेका नेपालीहरुको संगठन ‘सुदूरपश्चिमेली (सुप) नेपाली समाज जापानको नयाँ कार्यसमिति चयन भएको छ । 

मंगलबार माघ २३, २०७४/ Tuesday 02-06-18
Paschim Today


टोकियो (जापान), २३ माघ । नेपालको सुदूरपश्चिम घर भइ काम र अध्ययन विशेषले जापानमा रहेका नेपालीहरुको संगठन ‘सुदूरपश्चिमेली (सुप) नेपाली समाज जापानको नयाँ कार्यसमिति चयन भएको छ । 
समाजको आइतबार भएको पाँचौं महाधिवेशनबाट एकेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा मदन साउँद, द्वितीय उपाध्यक्षमा कृष कोइराला र तृतीय उपाध्यक्षमा दलबहादुर धामी चयन भएका छन् । 
यस्तै महासचिवमा दिनेश अधिकारी, सचिवमा जयानन्द भट्ट, प्रकाशचन्द्र जोशी र रामु विष्ट तथा कोषाध्यक्षमा नृप कुँवर र सहकोषध्यक्षमा पुनम विष्ट चयन भएको सुप नेपाली समाज जापानले जनाएको छ । 
यसैगरी समितिको सदस्यमा चेतमान रावल, पूर्ण जोशी, उज्जलसिंह डडाल, प्रबिन टेलर, भक्तराज जोशी, खेम ओझा चयन भएका छन् भने समाजको यूवा संयोजनको जिम्मेवारी भैरव थापा ‘पुकार’ र आस्था खत्रीले पाएका छन् । 
पाँचौ महाधिवेशनमार्फत समाजले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषण गरेको छ । अक्षयकोषका लागि कार्यक्रमका प्रमुख अतिथि एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले एक लाख सहयोग प्रदान गरेको नवविर्वाचित कार्यसमिति सदस्य भक्तराज जोशीले बताए । 
जोशीले संकलित सुदूरपश्चिमको कला, संस्कृति तथा साहित्यको विकास प्रबद्र्धनका लागि खर्च गरिने समाजका नवनिर्वाचित अध्यक्ष थापाले बताए । थापाले चिसापानीमा सात नम्वर प्रदेशको प्रवेश द्वार पनि निर्माण गर्ने योजना रहेको बताए ।