Close This

सुदुर पश्चिमेली सेवा समाज मलेसियाको अध्यक्षमा मल्ल

आइतबार जेठ १३, २०७५/ Sunday 05-27-18
Paschim Today


प्रकाशदेव भट्ट,

क्वालालाम्पुर,मलेसिया,१३ जेठ ।
सुदूर पश्चिमका लागि सुदूर पश्चिमेली भन्ने मुल नाराका साथ  गर्दै आएको सुप प सेवा समाज मलेसियाको धेरै लामो समय देखि रिक्त अध्यक्ष र अन्य पदहरुमा आईतवार बिभिन्न व्यक्तिलाई मनोनित गरिएको छ । रिक्त स्थानमा मनोनित हुनेमा संरक्षकमा प्रकाश देब भट्ट, अध्यक्षमा शमशेर मल्ल समीर,बरिस्ठ उपाध्यक्षमा दिनेश खड्का खप्तडी ,उपाध्यक्षमा तुलाराम धामी,उपाध्यक्षमा चक्र मल्ल, महिला उपाध्यक्षमा  रन्जना भट्ट,सचिबमा पुर्ण बहादुर बिष्ट,सहसचिवमा सुरेश बोहरा, कोषाध्यक्षमा गोकर्ण देब भट्ट, सह कोषाध्यक्षमा डम्मर बिस्वकर्मा , सदस्यमा कैलास बोहरा, दिपक ओली,कृष्ण बोहरा,सुरज प्रकाश ठगुन्ना, धन बहादुर भाट रहेका छन् ।
सुदूरपश्चिम सेवा समाज मलेसियाको भेलाले सर्ब सम्मत रुपमा  सुदुरपश्चिेली नेपाली समाज अन्तरास्ट्रिय समितिको बिधान लाई अंगिकार गर्ने गरी लोगो,नाम र नारा सोही बमोजिम प्रयोग गर्ने र बिधान लाई मलेसियाको परिबेश अनुसार बनाउने निर्णय गरेको छ।