Close This

जाजरकोट पुगिन् रेखा, यसरी  हुँदैछ ’मालिका“को गीत छायांकन

मंगलबार जेठ १५, २०७५/ Tuesday 05-29-18
Paschim Today

नायिका रेखा थापा आफ्नो नयाँ फिल्म ’मालिका“ छायांकनका लागि जाजरकोट पुगेकी छन् । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा फिल्मको गीतको छायांकन भईरहेको छ । काठमाण्डौबाट छायांकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने रेखाको भनाई छ ।  जाजरकोट जिल्लाको स्थानीय भेष–भुषा र सँस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ’मालिका“ को गीत छायांकन गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी कोरस रहेको बताईएको छ ।  सुरेश अधिकारीको संगीत रहेको लोक लयको उक्त गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । ’मालिका“ महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको रेखाले बताएकी छिन् । ’मालिका“मा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।