Close This

युवा आकर्षण युट्युब च्यानलतर्फ

बिहीबार जेठ १७, २०७५/ Thursday 05-31-18
Paschim Today

 रासस÷कञ्चनपुर, जेठ १६  सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने÷देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन । छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ’खोज टिभी“ युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । उनले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्टिूय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहेका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताए । ’युट्युब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्“, उनले भने,’मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरे अनुसारको रकमसमेत दिन्छ । पालले आफूले अपलोड गरेको ’चट्ट, चट्टन, आँखामा बट्टन“ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताए । त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ, उनले भने अरूका  गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ  ।’ जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हँुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ ।  च्यानल बनाउन केही समय लाग्दैन, पाल भन्छन् अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ । पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले किङ्ग टिभी २४ सञ्चालन गरेका छन् । उनले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गरेका छन् । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ । यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उनको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ । चरी चट्ट परी बोलको गीतको कभर भिडियो बनाएर आफ्नो च्यालनमा अपलोड गरेका भट्टले उक्त गीतको कभरभिडियो तीन लाख ९५ हजार पटक हेरिएको बताए । च्यानल राम्रो चलाउन सके आम्दानी पनि गर्न सकिन्छ, उनले भने देशविदेशसम्म यहाँको सम्भावना उजागर गर्ने दरिलो माध्यम हो, युट्युब  च्यानल । स्थानीय स्तरमा बन्ने गरेका म्युजिक भिडियो पनि च्यानलमार्फत प्रचार प्रसारका लागि आउने क्रम जारी छ । यहाँका मेला÷महोत्सवमा कलाकारको सांगीतिक प्रस्तुतिसमेत सहमति लिएर छायाकंन गरेर च्यानलमा हाल्दा हेर्नेको संख्या गरेको भट्ट बताउँछन् ।