Close This

प्रदेश नं. ७  भू-स्वर्गको परिकल्पना (एउटा पाइलटको दृष्टिकोण)

सोमबार जेठ २८, २०७५/ Monday 06-11-18
Paschim Today

क्याप्टेन बेद उप्रेती ।
सानो हुँदा मैले पाईलट हुने सपना कहिले देखिनँ, तर कक्षा आठ पढ्दा पहिलो पटक हवाईजहाज चढेको थिएँ । सन् १९७५ को त्यो दिन म विवाह गरेर महेन्द्रनगर पुगेकी दिदी कुती दिदी भेट्न गएको थिएँ । त्यतिबेला धनगढी–महेन्द्रनगर राजमार्ग भर्खरै बनिरहेको थियो । दुई शहर जोड्ने कुनै बस सेवा थिएन ।
सौभाग्यवश, सातामा हुने दुई वा तीन उडानले, धनगढी र महेन्द्रनगरलाई जोडेको थियो । मेरो भिनाजु श्री भोजराज पन्तले मलाई पहिलो पटक तत्कालिन शाही नेपाली वायुसेवा निगमको एउटा डे ह्याभिल्याण्ड डीएचसी–६ ट्विन अट्टर चढ्ने अवसर जुराई दिनु भएको थियो ।
जसै विमानले भुँई छाड्यो, मैले छेवैको भ्mयालबाट जमिनतिर हेरें, हेरेको हे¥यै भएँ । घर फर्किएपछि, आमाबुवा, नातेदार र साथीहरुलाई मेरो पहिलो उडानको आनन्ददायी अनुभुति शब्दमा वर्णन गरेर सुनाउँनै सकिनँ । यही उडानले नै मलाई पाईलट पेशा अंगाल्न प्रेरित गरेको हो ।
विमान उडाउँदै गर्दा मैले विश्वको फोर–डी दृश्य हेर्ने मौका पाए ः तराईको बाक्लो जंगल, शान्त नदीहरु, र पूmसको छानो भएका गाउँका परम्परागत साना घरहरुको भव्य परिदृश्य त्यतिबेलै मेरो मस्तिष्कमा कुँदिएका हुन् ।
मात्रै पन्ध्र मिनेटको उडान भए पनि, यात्रामा देखिएका दृश्यले मेरो आत्मा छोएको थियो । विमान समुद्र सतहबाट पाँच हजार फिट माथि मात्रै
उडेको हुनुपर्छ, त्यसैले त्यति उँचाई थिएन । शुक्लाफाँटा, सफा नदीहरु, साना गाउँ र माथि देखिने पहाडका दृश्यले मलाई मन्त्रमुग्ध बनाएको थियो । ती दिनहरुमा मसँग न क्यामेरा थियो न मोबाईल फोन नै, तर मेरो मन र मस्तिष्कमा ती सबैको तस्बिर जस्ताको तस्तै उतारेको छु ।
धनगढीमा अवतरण गरेपछि, उडानबाहेक, चटक्क मिलेका युनिफर्ममा सजिएका पाईलट र उडान सहयोगी (फ्लाईट अटेन्डेन्ट) निकै आकर्षक देखिन्थे । कृषकको छोरा म, पाईलट हुने सम्भावना नै थिएन । तर मेरो मनको कुनै कुनामा पाइलट बन्ने चाहनाले घर बनाईरहेको थियो । आज, निकै लामो र कठिन संघर्षपछि, विमान उडाउनु मेरो पेशा बनेको छ ।
संसारभरी विमान उडाउँदा मैले हजारौं घण्टा आकाशमा बिताएको छु । तर नेपालमाथि विमान उडाउँदा मलाई सबैभन्दा बढी आनन्द लाग्छ । हिमालय नाघ्दै उड्नुको अनुभव अतुलनिय छ ।
नेकोन एअरमा काम गर्दा हरेक बिहान माउन्टेन फ्लाईट उडाउनु मेरो नियमित काम थियो र
मलाई पनि एकदमै रमाईलो लाग्थ्यो । ककपीटबाट देखिने सगरमाथाको दृश्य बयान गर्न सकिंदैन, त्यस्तो नाटकीय र रोमाञ्चक अनुभव, सिटमा बसेका यात्रुले गर्न सक्तैनन् ।
सफा नीलो आकाशदेखि उत्तरतर्पm हिउँले ढाकिएका आलीशान हिमालसम्म, एकपछि अर्काे पहाडका पत्रहरु र शान्त तलाउदेखि उष्णदेशीय जंगल र तराईका विशाल मैदानसम्म, नेपालको विविधता र सुन्दरतासँग जसको पनि माया बस्न सक्छ ।
तर जब मूल थलो सुदुर पश्चिममाथि विमान उडाई रहेको हुन्छु, म सुन्दर परिदृश्यबाहेक खोज गर्न बाँकी एउटा अज्ञात क्षेत्र पनि देख्छु ।
यो क्षेत्रमाथि मैले विभिन्न खाले हेलिकप्टर र नेकोन एअरको सेस्ना ग्राण्ड क्याराभान समेत उडाएको छु । सुदुर पश्चिम मध्य नेपाल र काठमाडौंबाट खासै टाढा छैन, तर कमजोर सडक र अनियमित हवाई सेवाले यसलाई टाढा बनाएको छ ।
आज पनि, करिब ४० वर्षपछि, महेन्द्रनगर–धनगढीको मेरो पहिलो उडानको सम्झना, विमान चढेदेखि ओर्लिएसम्म, ताजै छ । तर सत्य के हो भने, सुदुर पश्चिममा धेरै विकासका पूर्वाधारहरु
निर्माण गर्न बाँकी छ । राज्यले यो क्षेत्रलाई सधैं बेवास्ता ग¥यो त्यसैले विकासको गति सुस्त भयो ।
जस्तो कि, यात्रुको चाप व्यवस्थापन गर्न कम्तिमा पनि एटीआर विमान उडाउन मिल्ने गरी स्तरोन्नती गर्नुपर्नेमा उल्टै, यस अघि संचालित महेन्द्रनगर, दिपायल, साँफेबगर, बैतडी, बझाङ र दार्चुलाका विमानस्थलहरु बन्द गरिए । हाल, सुदुर पश्चिमको महाकाली अञ्चलसँग नेपालको कुनै पनि क्षेत्रको हवाई सम्पर्क छैन । राजधानीको पहुँच सहज बनाउन यस क्षेत्रलाई हवाई मार्गमार्पmत् बढीभन्दा बढी जोड्नुपर्दछ । धनगढी, अहिले काठमाडौंसँग जोडिएको यस क्षेत्रकै एकमात्र विमानस्थल हो ।
सुदुर पश्चिमको सडक मार्ग पनि राम्रो छैन । मुलुकमा नयाँ राजमार्गहरु बने पनि सुदुर पश्चिमलाई काठमाडौंसँग जोड्ने राजमार्ग लगायत अधिकांश सडक साँघुरा र जर्जर छन् । सहज आवतजावत र बढ्दो बजार व्यवस्थापनका लागि सुदुर पश्चिम र पूर्व जोड्ने चार लेनको सडक बनाउने बेला भइसकेको छ ।
तर, बितेको चार दशकमा पनि भारतको सीमामा पर्ने चार सदरमुकाम (धनगढी, महेन्द्रनगर, खलंगा र गोठलापानी )शहरका पूर्वाधार सुध्रिएन । तिनको व्यवस्थापन र मर्मत सम्भार पनि प्रभावकारी हुन सकेन ।
जलविद्युत् उत्पादन र पर्यटनको प्रचुर सम्भावना रहे पनि सुदुर पश्चिम अभैm अज्ञात झैं छ । ठोस विकास योजनाको अभावले धेरै सम्भावना र प्रतिभा बोकेको यो क्षेत्रलाई गरिब बनाएको छ । विकास गर्न सबैभन्दा पहिले परिकल्पना चाहिन्छ, त्यसपछि उद्देश्य, योजना र प्रभावकारी कार्यान्वयन । तर सुदुरपश्चिमको विकासमा हामीले परिकल्पना नै गर्न सकेका छैनौं अर्थात् हामीले पहिलो पाइला नै चालेका छैनौं ।
सुदुरपश्चिमलाई एउटा समृद्ध र प्रगतिशील क्षेत्रका रुपमा विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ फोटोग्राफी, विवरणका अतिरिक्त वास्तविक र काल्पनिक दृश्य समावेश गरि एउटा पुस्तक प्रकाशन गर्ने मेरो पहिलेदेखि कै योजना थियो । प्रस्तुत पुस्तक पर्यटक, विद्यार्थी, योजनाकारलाई मात्र होइन, राजनीतिज्ञ, उद्योगपति र सामाजिक कार्यकर्तासमेतलाई उपयोगी हुने विश्वास लिएको छु
सुदुर पश्चिममाथि उडिरहँदा, म यसक्षेत्रको उन्नत भविष्यको परिकल्पना गर्दछु, समृद्ध पर्यटन, बढ्दो व्यापार र यातायातको स्तरोन्नती । सपना देख्न सजिलो छ । तर सपनालाई यर्थाथमा परिणत गर्न, परिकल्पना, तथ्यप्रतिको जानकारी र दृढससंकल्प चाहिन्छ ।
खप्तड, शुक्लाफाँटा, घोडाघोडी ताल, र डडेल्धुराको गैरडोटी ताल सबै पर्यटनका मुख्य आकर्षण बन्न सक्छन् । यद्यपि, पूर्वाधारको योजनाबद्ध विकासबिना पर्यटन फस्टाउन सक्दैन । पर्यटनजस्तै, सबै क्षेत्रलाई एउटा दीर्घकालीन परिकल्पना जरुरी हुन्छ ।