Close This

पर्यटन समृद्धिको मुल आधार :चौधरी

सोमबार जेठ २८, २०७५/ Monday 06-11-18
Paschim Today


कैलाली उद्योग वाणिज्य संघले थालेको सुन्दर सुदूर पश्चिम अभियानका अभियन्ता सञ्जय कुमार चौधरी बिगत एक दशकदेखि पर्यटन विकासमा सक्रिय छन् । प्रदेश नम्बर ७ को पर्यटन प्रबद्र्धनका लागि काम गरिरहेको संस्था पर्यटन विकास समाजका महासचिव चौधरीले सरकारले नियुक्त गरेका पर्यटनबीज्ञहरु समूहमा पर्ने यस प्रदेशका एक जना मात्र पर्यटन व्यवसायी हुन् । प्रस्तुत छ, पर्यटनबीज्ञ चौधरीसंग गरिएको कुराकानी ।
१) पर्यटनको प्रचुर संभावना बोकेको प्रदेश नम्बर ७ किन पर्यटकहरुको गन्तव्य बन्न सकेन ?
चौधरी : हामीले अहिलेसम्म यहाँको पर्यटकीय संभावना, यहाँका पर्यटकीय गन्तव्यहरुको  प्रचार प्रसार ग¥यौ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यहाँका पर्यटकीय गन्तव्यहरुलाई चिनायौ ।
तर पर्यटकलाई आकर्षण गर्न यति कुरा मात्र प्रयाप्त छैन ।  राज्यको पर्यटन मैत्री नीति आवश्यक छ । र पर्यटकीय गन्तव्यहरुमा भौतिक पूर्बाधार, गास, बासको उचित व्यवस्थापन हुन जरुरी छ ?
पर्यटन प्रबद्र्धनका लागि कस्तो नीति बन्नुपर्छ ?
चौधरी :मुख्य कुरा लगानी हो । हामीसंग पर्यटकलाई आकर्षण गर्ने तमाम पर्यटकीय क्षेत्रहरु छन् । तर त्यहाँसम्म पुग्ने मार्ग सहज छैन । त्यहाँ गतिला होटल छैनन । खानबस्नको उचित प्रबन्ध छैन । पिउने शुद्ध पानी छैन । आफूलाई जोखिममा पारेर कोही पनि आनन्द लिन आउदैन । त्यसका लागि सुरक्षित वातावरण हुनुपर्छ । जहाँ पर्यटकहरु स्वास्थ्य र सुरक्षाका हिसावले ढुक्क महशुस गरोस । त्यसका लागि पर्यटकीय क्षेत्रमा ठूला र सुबिधा सम्पन्न होटलहरु खुल्नुपर्छ । र त्यस्ता होटल खोल्नका लागि बाह्य लगानीकर्ता पनि भित्र्याउने लैगानीमैत्री नीति राज्यले बनाउनुपर्छ । र लगानीकर्तालाई ऋणमा, बिजुली र जग्गामा सहुलियत उपलब्ध गराउनुपर्छ । र लगानीको सुरक्षाको सुनिश्चितता गर्नुपर्छ । लगानी जोखिममा पर्ने अवस्थामा कोही व्यवसायी लगानी गर्न तयार हुदैनन ।
प्रदेश नम्बर ७ मा कुन पर्यटनको संभावना छ ?
चौधरी : प्राकृतिक, धार्मिक र सहासिक पर्यटनका लागि हाम्रो प्रदेशमा प्रचुर संभावना छ । बेहडाबाडा, सिद्धनाथ मन्दिर जस्ता हजारौको संख्यामा तिर्थालुहरुले दर्शन गर्ने धार्मिक क्षेत्र हामी कहाँ छन् । धार्मिक हिसावले अत्यन्त महत्वराख्ने भगवतीका सात बहिनीका पीठ तथा मन्दिरहरु यही प्रदेशमा छन् । मानसरोवर जोड्ने बझाङको सडक ताक्लाकोट पु¥याउन सके लाखौ भारतीय भक्तजनहरु यही प्रदेश भएर मानसरोवर पुग्नेछन् । 
प्रकृति प्रेमीहरुका लागि बाघ, बाह्रसिंगा अवलोकन तथा जंगल सफारीका लागि शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज निकै महत्वपूर्ण छ । दुईटै पर्यटकीय क्षेत्रलाई खप्तडसंग जोडेर पर्यटकलाई आकर्षित गर्न सक्ने वर्षेनी लाखौ पर्यटक यहाँ आउनेछन् । 
अझ साहसिक पर्यटनका लागि एड्भेन्चर, टे«किङ र ¥याफ्टिङको संभावना यहाँ जति अन्यत्र छैन । अपि, साईपाल हिमाल अहिलेसम्म पर्यटकहरुको गन्तव्य वन्न सकेका छैनन । जहाँ पर्वतारोहण गरे वाफत शुल्क लाग्दैन । 
र पछिल्लो पटक हामी कहाँ क्रिकेट पनि पर्यटनका रुपमा फष्टाएको छ । 
के पर्यटनबाट प्रदेश नम्बर ७ को समृद्धि संभव छ ?
चौधरी : प्रदेश नम्बर ७ को समृद्धि संभव छ त, पर्यटन र जलविद्युतबाटै संभव छ । जलविद्युतका ठूला आयोजना सम्पन्न गर्न वर्षौ लाग्छ । र ती योजनाका लागि खर्वौ रुपैया पनि चाहिन्छ । तर  पर्यटनका खर्वौ रुपैया पनि लाग्दैन । र कुर्नु पनि पर्दैन । हामीसंग भएका पर्यटकीय गन्तव्यहरुसम्म पर्यटकलाई पु¥याउनका लागि केही कुरामा जोड दिए पुग्छ,जस्तो कि ः सडक, गुणस्तरीय होटल र उचित सुरक्षा । तर अहिलेकै गतिमा पर्यटक भित्र्याउन र पर्यटनबाट समृद्धि हुन तीन दशक लाग्न सक्छ । त्यसका लागि पहिचान भईसकेका पर्यटकीय गन्तव्यहरुसम्म पर्यटक पुग्ने वातावरण सहज बनाउन पहल गर्न पर्छ । ठोस नीति ल्याउनुपर्छ । पर्यटन वर्ष मनाउने । होटल खोल्नका लागि ऋणमा सहुलियत दिने । कर छुट गर्ने । बिद्युतमा सहुलियत दिने । सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ । हाम्रा नेताहरुको दुरदृष्टि भएन, त्यही कारण अहिलेसम्म हाम्रा पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन हुन सकेन । सरकारले भिजन र योजना सहित पर्यटन नीति बनाउनुपर्छ । तव मात्र पर्यटनबाट समृद्धि संभव छ ।