नेविसंघको मशाल जुलुसमा प्रहरी हस्तक्षेप, ६ जना घाईते

SITENAME


धनगढी, २९ जेठ ।
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको बिरोध गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ ।
मशाल जुलुस निकाल्ने तयारी गरेका विद्यार्थीहरुलाई एकत्रित हुन नदिने रणनीति अनुसार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पहिले नै प्रहरी तैनाथ भएपछि विद्यार्थीहरुले बिभिन्न स्थानबाट मशाल जुलुस निकालेका थिए ।
बिभिन्न ठाउबाट निस्किएको मशाल जुलुस एलएनचौक पुग्न नपाउदै प्रहरीले धरपकड शुरु गरेको थियो । प्रहरीको धरपकड र हस्तक्षेपका क्रममा नेविसंघका नेता अशोक कुँवर, सन्तोष सिंह खड्का, नेत्र प्रसाद उपाध्याय,गणेश जोशी, रोशन उपाध्याय सुवेदी लगायत घाईते भएको नेबिसंघले जनाएको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका कार्यबहाक अध्यक्ष भेष बम कम्युनिष्ट सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरेको बताउदै मूल्य नघटाए आन्दोलन अझै सशक्त पार्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस
SITENAME

बजेटमाथि असन्तुष्टि जनाउदै सत्ता पक्षकै सांसदद्धारा छलफल बहिस्कार

पश्चिम टुडे धनगढी, ८ असार     प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरुले चर्को असन्तुष्टि व्यक्त गरेका

SITENAME

प्रतिपक्षको गुनासो– ‘बजेटमा गौरवको योजना समेटिएन’

धनगढी, ५ असार । प्रदेश नरम्बर ७, प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि ल्याएको बजेटमाथि प्रदेश संसदमा सोमवारदेखि सामान्य छलफल सुरु भएको छ

SITENAME

कैलालीका प्रजिअ तिवारीको दुई महिना नबित्दै सरुवा

धनगढी, ४ असार ।  दुई महिना नबित्दै कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सरुवा भएको छ ।  प्रजिअ तिवारीलाई सूचना प्रबिधि र सञ्चार