सुरक्षा र व्यवसाय सञ्चालनको मापदण्ड बनाउन सुनचाँदी व्यवसायीहरुको आग्रह

मंगलबार जेठ २९, २०७५/ Tuesday 06-12-18
Paschim Today


धनगढी, २९ जेठ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघको ७ नम्बर प्रदेश स्तरीय भेला मंगलवार धनगढीमा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै उनीहरुको समस्या र माग सम्बोधन गर्न पहल गर्ने बताए ।
प्रदेश स्तरीय भेलामा सुन चाँदी व्यवसायीहरुका तर्फबाट बुझाईएको ज्ञापन पत्र र त्यसमा उल्लेख गरिएका मागका विषयमा आफू सकारात्मक रहेको र ती माग सम्बोधन गर्न पहल गर्ने मन्त्री शाहले प्रतिबद्धता गरे ।
उनले व्यवसायीहरुको सुरक्षा र सुन चाँदी व्यवसायका लागि मापदण्ड र निर्देशिका बनाउने आश्वासन दिए ।
कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष बिपिन रामु रामु र उपाध्यक्ष शिवकुमार सराफा,र केन्द्रीय सदस्य सन्तोष लामिछानेले सुन चाँदी व्यवसायीहरुको हकहीत र सुरक्षाको ग्यारेण्टी गर्न प्रदेश सरकारसंग आग्रह गरे ।
साथै सुन चाँदी व्यवसाय सञ्चालनका लागि मापदण्ड र निर्देशिका यथाशिघ्र ल्याउन उनीहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाए ।
महासंघका प्रदेश अध्यक्ष बिपिन रामु रामुको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश भरीबाट ७० बढि सुन चाँदी व्यवसायीहरु सहभागी थिए । प्रदेश नम्बर ७ मा एक हजार भन्दा बढि सुन चाँदी व्यवसायी रहेको बताईएको छ ।
भेलामा प्रदेश सांसद नन्द बहादुर साँउद बिशिष्ट अतिथि रहेका थिए ।