Close This

घाईते नेपालीलाई सुदूरपश्चिम सेवा समाज मलेसियाको सहयोग

मंगलबार जेठ २९, २०७५/ Tuesday 06-12-18
Paschim Today

प्रकाशदेव भट्ट
क्वालालाम्पुर, २९ जेठ ।
सुदूरपश्चिम सेवा समाज मलेसियाले खुट्टा गुमाएका एक नेपालीलाई १५ हजार रुपैया सहयोग स्वरुप प्रदान गरेको छ ।
समाजका कोषाध्यक्ष गोकर्ण भट्टले उपचारमा सहयोग पु¥याउने उद्देश्यले समाजका तर्फबाट घाइते नेपालीलाई केही दिन अघि १५ हजार रुपैया सहयोग गरेको बताए ।
कामको खोजीमा मलेसियामा आएका पिडित नेपालीहरुलाई समाजले सहयोग गर्दै आएको छ ।
सुदूरपश्चिम सेवा समाज मलेसियाले विदेशी भूमिमा रहेर काम गर्दै आएका नेपालीहरुको हकहीत र सेवाका लागि काम गर्दै आएको छ ।