प्रदेश नं ७ को नीति कार्यक्रम पारित

SITENAME

सिद्धराज भट्ट,
धनगढी, ३० जेठ । प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम मंगलवार सर्वसम्मतिले पारित भएको छ । 
प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि जेठ २७, २८ र २९ गते छलफल भएको थियो । नीति तथा कार्यक्रमसहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई ‘धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव मंगलवारको बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो । 
यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले हामी नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको बताए । 
सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
छलफलका क्रममा प्रतिपक्षी सदस्यले उठाएको चालु आवको बजेट रकम खर्चसम्बन्धी प्रश्नको जवाफमा मुख्यमन्त्री भट्टले प्रचलित ऐन कानूनको परिधिभित्र रहेर बजेट खर्च भइरहेको र यसको विवरण समयमै आउने बताए । 
नीति तथा कार्यक्रम माथिको बाँकी छलफलमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, चुनकुमारी चौधरी, अर्चना गहतराज र तारा लामा तामाङले भाग लिएका थिए । 
बैठकको प्रारम्भमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए । 
आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५÷७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

लोकतन्त्र प्रति नेकपाको चासो छैन ः  पण्डित 

प्रेम रौले  बाजुरा ३१ भदौ  नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य पुर्व पाटी सचिव तथा संगठन विभाग प्रमुख धनराज पण्डितले अहिलेको नेकपाको

SITENAME

जेलमा रहेका चौधरी थाकस सभापतिमा सर्वसम्मत

धनगढी, ३० भदौ । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् ।      धनगढीमा भएको आठौं अधिवेशनले

SITENAME

किन राजिनामा गरे केसीले ?

धनगढी,२६ भदौ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको घट्नाको छानबनका लागि सरकारबाठ गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बिरेन्द्र