Close This

२५ अर्बसम्मको बजेट आउँछ : मन्त्री बोहरा

बुधबार जेठ ३०, २०७५/ Wednesday 06-13-18
Paschim Today

धनगढी, ३० जेठ । प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २५ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन् । 
नेपाल आर्थिक पत्रकार समाज सेजन र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको बताए । 
पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर वजेट निमार्ण गरिरहेको बताउदै उहाले लगानी आर्कषित गर्न कर छुट दिन लागिएको जानकारी दिए ।
मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए । मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण बनाउँने उनको भनाइ थियो । उनले विकास र समृद्धिको आधार बर्षको रुपमा यो बजेट ल्याउन लागेको बताएका छन् । 
कार्यक्रममा प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले राजनीतिक भन्दा आर्थिक क्रान्ति अभियानमा अगाडि बढ्नुपर्ने बताए । यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।