Close This

यार्सा सहित एक व्यक्ति पक्राउ

बुधबार जेठ ३०, २०७५/ Wednesday 06-13-18
Paschim Today

दार्चुला, ३० जेठ । दार्चुला प्रहरीले तीन सय ९४ ग्राम यार्सा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपीहिमाल गाउँपालिका वडा नम्बर ३ का इन्द्र सुनार रहेका छन् । 
    महाकाली नगरपालिकाको वडा ९ स्थित एक होटलबाट उनलाई बहुमूल्य जडीबुटी यार्साको अवैध कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट १४ किलो सतुवा समेत बरामद गरेको छ । बरामद जडीबुटीलाई जिल्ला वन कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारबाही हुने जिल्ला वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले बताए ।