Close This

मृत्यु भएको केहि दिन पछि प्रहरीद्वारा पार्वतीको शव उत्खनन्न

मृत्यु भएको केहि दिन पछि प्रहरीद्वारा पार्वतीको शव उत्खनन्न

बुधबार जेठ ३०, २०७५/ Wednesday 06-13-18
Paschim Today

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी पार्वती बुढा  छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएको  केहि दिन पछि प्रहरीले सब उत्खलन गरि पोष्टमार्टम  गर्ने भएको छ ।महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन गर्ने भएको हो। पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिनु भयो  । 
           प्राकृतिक मृत्यु बाहेकका घटनामा अनिवार्य पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन  गर्न लागिएको र  शव उत्खनन्का लागि प्रहरीको टोली शवस्थलमा पुगिसकेका उहाँले जानकरी दिनु भयो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइने प्रहरीले जानकारी दिएको छ । सदरमुकाम मंगलसेनबाट ८२ किलोमिटर टाढा रहेको अछामको तुर्माखाद गाउँपालिका ४ जुया गाउँकी १८ वर्षीया पार्वतीको शनिबार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो ।