Close This

प्रदेश नम्बर ७ मा  गर्मीयाममा फैलिनसक्ने महामारी र रोगको अवस्था 

आइतबार असार ३, २०७५/ Sunday 06-17-18
Paschim Today

प्रा. डा. शुभेषराज कायस्थ ।

नेपालका अधिकांश क्षेत्रमा गर्मी तथा बर्षायाममा प्रत्येक बर्ष बिभिन्न संक्रामक रोगहरु महामारीका रुपमा फैलिने गरेको देखिन्छ । प्रदेश ७ मा  पनि प्रत्येक बर्ष संक्रामक रोगहरुको प्रकोप देखिने गरेको छ । प्रदेश ७ का २ तराइ र ७ पहाडि जिल्लामा हुने यस्ता प्रकोपका कारण कैयौ रोगीहरुले ज्यान समेत गुमाउने गरेका छन। बेलैमा पहिचान भएमा यी अधिकांश संक्रामक रोगहरुको यकिन उपचार पनि सम्भव छ। रोगहरुको समयमै सटिक पहिचान नहुदा जटिलता उत्पन्न भइ रोगीहरु जिवन र मरणको दोसाँधमा पुग्छन र कैयौको मृत्यु समेत हुने गरेको छ। यस सन्दर्भमा गत २ हप्तामा यस क्षेत्रका बिरामीहरूमा मैले  देखेका प्रमुख रोग ब्याधीहरुलाइ केलाउने प्रयास गरेको छु। 
ज्ञ। हेपाटाईटिसस् हेपाटाईटिस भनेको कलेजोको संक्रामण हो  जो  अधिकांश अवस्थामा  भाइरस बाट हुन्छ। गत २(३ हप्तादेखि यसको प्रकोप धेरै देखिएको छ। कैलाली जिल्लाको  सन्दर्भमा यो रोग बिध्यालय  जाने उमेरका ९ ज्ञछबर्ष  मुनिका ० केटाकेटीमा    बढि  देखिएको  छ। सबै रोगिहरुको  हेपाटाईटिस को परिक्षण सम्भव  नभएतापनि  केहि  रोगिहरुमा  गरिएको परिक्षणमा  हेपाटाईटिस इ को  प्रकोप बढि  देखिएको छ।   
हेपाटाईटिस इ भाइरसबाट हुने गर्छ र यो अत्यन्त सरुवा रोग हो। केहि बर्षअघि पुर्वी नेपालमा ठुलो महामारीका रुपमा देखिएको थियो। यो रोग संक्रमित ब्यक्तिको दिसाबाट दुषित भएको पानि, खानाबाट सर्ने  गर्छ।  हेपाटाईटिस  इ हुदैमा डराई हाल्नुपर्ने  चाहि हुदैन  तर गर्भवती अवस्थामा यो  रोगले बिभिन्न जटिलता  उत्पन्न भई मृत्यु  समेत हुन सक्छ। त्यसैले  हेपाटाईटिस  इ भएका  गर्भवती महिलाहरुलाइ सघन रुपले निगरानिमा राख्नुपर्छ । नियमित चेकजाचको क्रममा हामीले एक जना गर्भवती महिलाको हेपाटाईटिस इ निदान गरेका  थियौ। हेपाटाईटिस रोकथामको लागि बिरामीले जथाभावी  दिसा पिसाब नगर्ने ,सफा  र सुरक्षित खाना खाने र पानी पिउने जस्ता  बानि बसल्न् पर्छ ।  

द्द।स्क्रब टाइफस स् यो रोग बाट ७ नम्बर प्रदेशका नौ वोटै जिल्ला बर्सेनि प्रभावित हुने गरेका छन । यो रोग  ओरिएन्टा सुसुगामुसी नामक जिवाणुबाट हुने गर्दछ  जो संक्रमित लार्भा  अवस्थाको  किर्ना ९जसलाइ चिगार वा ट्रम्बिकुलाइड पनि भनिन्छ०  को टोकाइ बाट  मानिसमा सर्ने  गर्दछ ।  उक्त किर्ना झाडिहरूमा प्रशस्त पाइन्छ र ती स्थानमा काम गर्दा यसको टोकाई बाट वा  संक्रमित  मुसाको  शरीरमा भएका संक्रमित लार्भाको टोकाईबाट मानिसमा सर्ने  गर्दछ ।  
गत २ हप्तामा स्क्रब टाइफसका रोगिहरु अत्यधिक संख्यामा  देखापरीरहेका छन।  हालसम्म कैलालि , कंचन्पुर र बझाङ बाट बिरामि उपचारार्थ  धनगढि आएका छ्न। यीमध्ये अधिकांश  जटिल अवस्था जस्तै मेनिनजाइटिस,  मिर्गौला फेलर,  कलेजो फेलर र रक्त संचार फेलर९शक० जस्ता गम्भीर जटिलता उत्पन्न भैसकेपछि आउने गरेका  छन ।  
रोगको निदानमा ढिलाइ हुदा यस्ता जटिल अवस्थामा बिरामि पुग्ने गरेका छन । त्यसैले  आधारभुत स्वास्थ्य संस्था देखि प्रेषीत अस्पतालसम्मका स्वास्थ्यकर्मिहरूमा  अहिलेको समयमा यस रोगबारे जानकारी हुन आवश्यक छ । 
घ।डेङगु स्  माथि उल्लेखित रोगहरु जस्तै डेङगु पनि एउटा प्रकोपको रुपमा प्रदेश नम्बर ७ मा देखिएको छ । डेङगु ज्वरो डेङगु भाइरस बाट हुने गर्छ। एडिस इजिप्टाई नामक लामखुट्टेको  टोकाईबाट सर्ने यो रोग प्रदेश नम्बर ७ का कैलाली र कन्चन्पुर जिल्लामा  सिमित देखिन्छ।  यो रोगको जटिलता भनेको  डेङगु हेमोरेजीक ज्वरो र डेङगु शक सिन्ड्रोम हो जसले  गर्दा बिरामिको मृत्यु समेत हुने गर्छ । बिगत २ हप्तामा केहि डेङगु रोगिहरुको निदान तथा उपचार भएको छ । 
लामखुट्टेको टोकाईबाट बच्नु नै डेङगु रोगबाट बच्ने उपाय हो। तेस्का लागि झुल प्रयोग गर्नुनै उत्तम उपाय हो। तेस्का साथै लामखुट्टे ब्रिद्धि हुने स्थान जस्तै फालिएका टायर ,  प्लास्टिकका  भाडाहरुमा पानि जम्न नदिइ लामखुट्टेको बृद्दि रोक्ने र वरिपरिको  वातावरण  सफा राखेर पनि यो रोगको रोकथाम गर्न सकिन्छ। 

द्ध।मलेरिया स्  मलेरिया  वा औलो उन्मुलनको संघारमा रहे पनि प्रदेश ७ का तराई   तथा  पहाडि जिल्लाहरुमा अझै पनि यो रोग बेलाबेलामा देखापर्ने गरेको छ । प्लाज्मोडियम  नामक जिवाणुबाट हुने यो रोग महिला प्रजातिको एनोफिलिस लामखुट्टे को टोकाईबाट  सर्ने  गर्छ।  डेङगु  रोगजस्तै   लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उपाय हो। यो सातामा १ जाना  प्लाज्मोडियम  भाइभ्याक्स औलोको निदान भई उपचार भैरहेको छ। 

समग्रमा, बिगत २ साताको अनुभव हेर्दा यी ४ रोगहरु महामारीका रुपमा देखिने  पुर्वानुमान  गर्न सकिन्छ। बर्षायाम  र त्यसपछिको समयमा  यी रोगहरुको प्रकोप अझ् बढि  हुने हुदा महामारीको  सम्भावनालाइ नकार्न सकिन्न। आजभोलिको मौसम यी रोगहरु  फैलिनको लगि अत्यन्त अनुकुल रहेको हुनाले विशेष सतर्कता अपनाउन अनिवार्य छ। यी बिभिन्न रोगहरुको महामारीको रोकथाम र रोगिहरुको समयमै निदान र उपचारमा सजग  हुनुपर्ने र  महामारी रोक्ने पुर्बतयारीमा जुट्नुपर्ने देखिन्छ ।