Close This

कैलालीका प्रजिअ तिवारीको दुई महिना नबित्दै सरुवा

सोमबार असार ४, २०७५/ Monday 06-18-18
Paschim Today


धनगढी, ४ असार । 
दुई महिना नबित्दै कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सरुवा भएको छ । 
प्रजिअ तिवारीलाई सूचना प्रबिधि र सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ । 
त्यस्तै प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेलाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिव शंकर अर्याललाई प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ ।
सरकारले २१ जना सहसचिवको सरुवा गरेको हो ।
कैलालीमा यसअघि प्रजिअ गोविन्द रिजालले २३  महिना बिताएका थिए । तिवारीको भने छोटो समयमै सरुवा भएको छ ।