Close This

कैलालीको गोदावरी न पा मा पिस्तोल सहित एक जना पक्राउ ।।

कैलालीको गोदावरी न पा मा पिस्तोल सहित एक जना पक्राउ ।।

बुधबार असार ६, २०७५/ Wednesday 06-20-18
Paschim Today

पवन भण्डारी असार ६ धनगढी ÷


कैलालीको गोदावरी न पा वार्ड न  २ बाट पिस्तोल सहित एक जनालाई प्रहरी ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी न पा वार्ड न  २ बन खेत बस्ने २५ बर्षीया  तोय नाथ रहेको प्रहरी ले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल १ नाल बरामद गरियको जानकारी गरायको छ । गोदावरी न.पा. २ स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले  पक्राउ गरेको हो ।  पक्राउ परेका नाथ को बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे जानकारी दिनु भयो ।