Close This

रोनाल्डोको गोलले पोर्चुगलको जित, मोरक्को बाहिरियो

बुधबार असार ६, २०७५/ Wednesday 06-20-18
Paschim Today

 

मस्को, ६ असार । विश्वकप फुटबल अन्तरगत आज भएको पहिलो खेलमा
पोर्चुगलले मोरक्कोलाई एक शुन्य गोलले हराएको छ । आजको हारसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगलले भने एक खेलमा बराबरी र एकमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे ।