Close This

लुइस स्वारेजको गोलले साउदी अरेवियामाथि उरुग्वेको जित

बिहीबार असार ७, २०७५/ Thursday 06-21-18
Paschim Today


मस्को, ६ असार
डिफेन्डर  लुइस स्वारेजले २३औ मिनेटमा गरेको गोलले उरुग्वेले विश्वकप २०१८ अन्तर्गत बुधवार राति भएको खेलमा साउदी अरेवियामाथि १–० को जीत निकालेको छ ।
पहिलो गोलसंगै खेलअबधिभरी दवावमा राख्दै उरुग्वेले र साउदी अरेवीयामाथि जित हात पारेको हो । अन्ततः स्वारेजले गरेको गोल नै निर्णायक भयो ।
विश्वकपको पहिलो खेलमा आयोजक राष्ट्र रसियासंग नराम्रोसंग हार व्यहोरेको साउदी अरेविया उरुग्वेसंगको पराजयसंग समूह चरणबाट बाहिरिने निश्चित भएको छ ।

उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १-० ले हराएको थियो । 

एसियाबाट विश्वकपमा छनोट भएको साउदी अरेबिया आफ्नो पाँचौ विश्वकपमा छ । यसअघि साउदी अरेबिया सन् १९९४, १९९८, २००२ र २००६ को विश्वकपमा सहभागी भएको थियो ।उरुग्वे सन् १९३० र १९५० गरी दुईपटकको विश्व विजेता हो ।
फिफा विश्व फुटबल वरियतामा साउदी अरेबिया ६७ औं स्थानमा छ । सन् २००२ को विश्वकपको समूह चरणबाटै बाहिरिएको साउदी अरेविया यो पटक पनि समूह चरणबाट बाहिरिने भएको छ ।