Close This

स्वस्थ रहन योग आवश्यक : मुख्यमन्त्री भट्ट

बिहीबार असार ७, २०७५/ Thursday 06-21-18
Paschim Today

धनगढी, ७ असार । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मानिस स्वस्थ रहनका लागि योग आवश्यक रहेको बताएका छन् ।  
    चौथो अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा बिहीवार विहान आयोजित कार्यक्रममा उनले सबैले योग गर्न आवश्यक रहेको उल्लेख गरे । यो प्रदेशमा योगलाई अभियानकै रुपमा अगाडि बढाउने उनले बताए । 
    ‘हामी स्वस्थ रहनका लागि योग अनिवार्य छ’, मुख्यमन्त्री भट्टले भने–‘यसलाई प्रदेशभरी अभिायनकै रुपमा सञ्चालन गर्नेछौं ।’ प्रदेशका जनतालाई निरोगी बनाउन योगलाई अभियानको रुपमा सञ्चालन गर्ने उनको भनाइ थियो । 
    ‘स्वास्थ्य नै महत्वपूर्ण धन हो’, मुख्यमन्त्रीले भने–‘ गलत आनीबानी र खानपानलाई त्यागेर हामी सबै स्वस्थ रहन जरुरी छ ।’
    हरेक दिन योग गरेर आफ्नो डाक्टर आफै बन्न आवश्यक रहेको उनको भनाइ थियो । यस्तै, सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रदेशमा रहेको स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार अग्रसर रहेको बताए । ‘विकट र दूरदराजका व्यक्तिहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि मन्त्रालय कटिबद्ध छ’, उनले भने । 
    अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको योग कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, भौतिक योजनामन्त्री पठानसिंह बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड लगायतको सहभागिता रहेको थियो ।