Close This

सुमित सुशान्त एग्रीकल्चरलाई उपाधि

बिहीबार असार ७, २०७५/ Thursday 06-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ७ असार ।
गेटा प्रिमियर लिग क्रिकेट प्रतियोेगिताको विहीवार भएको फाईनल खेलमा सुमित सुशान्त एग्रीकल्चरले उपाधि हात पारेको छ ।
सिद्धनाथ माध्यमिक विद्यालय गेटाको खेल मैदानमा संचालन गरिएको खेलमा बैजनाथ सहकारीलाई सुमित सुशान्त एग्रीकल्चरले ७४ रनले पराजित गरेको हो  । २० ओभरको खेलमा १६४ रनको विजय लक्ष्य पाएको बैजनाथ सहकारी ९० रनमै सिमित भएको थियो ।
प्रतियोगिताको सुमित सुशान्त एग्रीकल्चरका म्यान अफ द सिरिज लक्ष्मण बोहरा र वेष्ट व्याट्स म्यानमा विशाल विष्ट घोषित भएका थिए भने वेष्ट बलरमा कालिका ईन्जनियरिङका  शंकर रावत घोषित भएका थिए ।  
गोदावरी नगरपालिका वडां नं ५ का वडा अध्यक्ष कर्णसिंह बोहराले विजयी टीमलाई प्रथम पुरस्कार १५ हजार नगद, मेडल र ट्रफी, द्वितिय पुरस्कार ७ हजार ५ सय नगद, मेडल र ट्रफी प्रदान गरेको गेटा बाल क्लबका अध्यक्ष दिपेश कडायतले जानकारी दिए ।
गेटा प्रिमियर लिग क्रिकेट प्रतियोेगितामा ४ टिमहरु नवपूर्ण पुस्तक गेटा, कालिकावर्कसप गेटा, सुमित सुशान्तएग्रीकल्चर गेटा, बैजनाथ सहकारी गेटा रहेका थिए ।
प्रतियोगिताको गोदावरी नगरपालिका मुख्य–प्रायोजक र सह–प्रायोजक किराना व्यवसायी संघ धनगढीले गरेको थियो ।