Close This

साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गरिने 

शुक्रबार असार ८, २०७५/ Friday 06-22-18
Paschim Today

पश्चिम टुडे धनगढी ८ असार ।
साइबर अपराध सम्बन्धी विभिन्न घटनाक्रम बढेको बेला प्रदेश नम्बर ७ को विभिन्न जिल्लामा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । 
    अमेरिका बस्दै आएका प्रवासी नेपालीहरुको सहयोगमा विभिन्न जिल्लामा साइबर अपराध र सुरक्षा सम्बन्धी जचेतनामूलक कार्यक्रम गर्न लागिएको हो । 
कैलालीको धनगढीमा ५, टीकापुरमा चार र डोटीको एउटा विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरिने हाल अमेरिका बस्दै आएका सन्तोषी टोलका हरि जोशीले जानकारी दिए । उनले असार ८ गते डोटी, असार १० देखि १३ गतेसम्म धनगढी र असार १४ र १५ गते टीकापुरका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने जनाए । 
दैनिक प्रयोग हुने फोन, ईन्टरनेट, सामाजिक संञ्जाल, कम्प्यूटर, ईमेल मार्फत अपराधिक, अनैतिक, अमर्यादित र गैरकानुनी कार्यहरू कसरी हुने गर्दछन् र त्यस्ता क्रियाकलापबाट जोगिने उपायहरुबारे जानकारी दिइने जोशीले बताए ।  प्रवासी नेपाली अमेरिकाका इन्चार्ज पूजा गुरुङ र समीक्षा पाण्डेयले विद्यार्थीहरुलाई यसको विषयमा जानकारी दिइने पत्रकार सम्मेलन गरी जनाइएको छ ।