Close This

प्रदेश सभामा विधेयक पेश गर्न स्वीकृति

शुक्रबार असार ८, २०७५/ Friday 06-22-18
Paschim Today

पश्चिम टुडे, धनगढी ८ असार ।
प्रदेश नम्बर ७, प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रदेश सभामा पेश गर्ने भएको छ । 
    बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यस्तै, बैकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । 