Close This

बजेटमाथि असन्तुष्टि जनाउदै सत्ता पक्षकै सांसदद्धारा छलफल बहिस्कार

शुक्रबार असार ८, २०७५/ Friday 06-22-18
Paschim Today

पश्चिम टुडे
धनगढी, ८ असार
    प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
निष्प्रभावी बिपक्षी दलका सांसदभन्दा आप्mनै सांसदहरुलाई मनाउन सरकारलाई सकस परेको छ । 
प्रकृया र पद्धति मिचेर बजेट ल्याएको, आवश्यता र प्राथमिकताका आधारमा भन्दा  पहूँच र मन्त्रीको स्वेच्छामा बजेट बिनियोजन गरिएको, एउटै जिल्लाको कुनैक्षेत्रलाई काखा र कुनै क्षेत्रलाई पाखा लगाईएको, क्षेत्रगत सन्तुलन नमिलाइएको सत्ता पक्षका सांसदहरुको आरोप छ ।
सत्ता पक्षका सांसदहरुले बजेटले प्रदेश गौरवका आयोजना किटान नगरेको  र किटान गरेका योजनामा पनि न्यून बजेट छुट्याइएको चर्को आलोचना गरेका छन् ।
    बिहिवार बजेटका लागि बोलाईएको संसदको छलफलमा सहभागी भएपनि सत्ता पक्षका सांसदहरुले बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै छलफलमा भाग लिएनन । संसद बैठकमै सहभागी भएपनि छलफल भने बहिस्कार गरेको एक सांसदले बताए ।
बजेटको समर्थन गर्न सक्ने अवस्था रहेन, नेकपा एक सांसदले भने, बिरोध गर्दा सत्ता पक्षकै सांसदले बिरोध ग¥यो भनेर बाहिर नकारात्मक सन्देश जाने भएकोले हामीले छलफलमा भाग नलिएका हौ ।
सत्तापक्षका कतिपय सांसदले केही दिनअघि संसदमा बजेटलाई लिएर सकारात्मक टिप्पणी गरेपनि बाहिर भने तिनै सांसदले चर्को आलोचना गरेका छन् ।
माथि छलफलका लागि बिहान ८ बजे बोलाइएको बैठकमा विपक्षी दलका ३ जना सांसदले मात्र आफ्ना धारणा राखे।
    सत्ता पक्षका सांसद उपस्थित भए पनि छलफलमा भाग नलिएकाले विपक्षी दलका सांसद बोलेपछि करिब आधा घण्टामा बैठक समापन भएको थियो । संसद बैठकअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको अनौपचारिक बैठक बसेको थियो । प्रमुख सचेतक तारा लामा तामाङ र सचेतक अक्कलबहादुर रावलको उपस्थितिमा भएको अनौपचारिक छलफलले बजेटप्रति असन्तुष्टि व्यक्त गर्न छलफलमा भाग नलिने अनौपचारिक सहमति भएको थियो । 
    असन्तुष्टि व्यक्त गर्न बजेट छलफलमा भाग नलिएको बारे नेकपाका सांसदहरुले औपचारिक रुपमा भने बोल्न चाहेका छैनन् । ‘बजेट निर्माणमा विधि र प्रकृया पु¥याइएन र क्षेत्रगत सन्तुलन पनि मिलाइएको छैन ।’ नाम उल्लेख गर्न नचाहेका एक सांसदले भने, ‘बजेटप्रतिको असन्तुष्टि व्यक्त गर्न छलफलमा भाग नदिने अनौपचारिक सहमति भएको हो ।’
    संसदको अर्को बैठक असार १० गते बोलाइएको छ । सम्बोधन गर्न सकिने विषय समावेश नगरे उक्त बैठकमा पनि बजेटमाथिको छलफलमा भाग नलिने सांसदहरुले बताएका छन् । 
असन्तुष्ट सांसदहरुसंग छलफल
बजेटमा आफ्नै पार्टीका सांसदहरु असन्तुष्टि देखिएपछि बिहीबार नै धनगढी पुगेका नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले पार्टीको संसदीय दलका प्रमुख सचेतक, सचेतकलगायत केही असन्तुष्ट सांसदहरुसँग यसबारे छलफल गरेका छन् ।
    काठमाण्डौंबाट बिहान धनगढी आएका नेता भट्ट बिमानस्थलमा घर नगएर सोझै मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । उनले बजेट, सांसदहरुको असन्तुष्टि र पार्टीको बैठकका सम्बन्धमा असन्तुष्ट सांसद र मन्त्रीहरु सामूहिक र छुट्टाछुट्टै छलफल गरेको बताईएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट असार १ गते सार्वजनिक गरेका थिए । चालु खर्चतर्फ ५३.२६ प्रतिशत बजेट छुट्याइएको छ । बजेटमाथि छलफल गर्न असार ४ बसेको संसद बैठकमा नेकपाको संसदीय दलका प्रमुख सचेतक लामाले बजेट कार्यान्वयनमा जोड दिएका थिए । २ जना विपक्षी र एक जना सत्तापक्षीय सांसद बोलेपछि स्थगित भएको बैठक बिहीबार बसेको थियो  ।
कुन कुन विषयमा छ असन्तुष्टि ?
    आफूले दिएका योजना छनौट नगरिएको, कुनै निर्वाचन क्षेत्रमा धेरै र कुनै निर्वाचन क्षेत्रमा थोरै योजना पारिएको, बजेट मन्त्री केन्द्रीत भएको भन्दै सत्तापक्षका सांसदहरुको असन्तुष्टि रहेको छ । विकासको अवस्था, आवश्यकता, गरिबी आदि आधार हेरिनु भन्दा पनि मन्त्री र केही व्यक्तिका रुचीका आधारमा योजना छनौट भएको आरोप सांसदको आरोप छ । 
    मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीलगायत मन्त्रीका जिल्ला र निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । ‘बजेट निर्माणको विधि र प्रकृयाप्रति नै हाम्रो असन्तुष्टि हो । सांसदले सिफारिस गरेका योजनालाई प्राथमिकता राखिनु पथ्र्यो ।’ सांसद शान्ती नेपालीले भनिन्, ‘क्षेत्रगत सन्तुलन हेरिएको छैन । कुनै निर्वाचन क्षेत्रमा धेरै र कुनैमा निकै कम योजना परेका छन् ।’
    विधि र प्रकृया नहेरिएकाले बझाङमा परेका ६३ योजनामध्ये ५३ योजना क्षेत्र नम्बर १ र १० वटा योजना क्षेत्र नम्बर २ का परेका उनले बताइन । भएकै योजनाबाट बजेट बाँडफाट हुने गरी छुटेका योजना समावेश गरिनु पर्ने उनको माग छ । प्रदेश गौरवका आयोजना किटान नगरि डल्लो बजेट राखिएको र किटान गरिएका योजनामा पनि निकै कम बजेट विनियोजन गरिएकोप्रति पनि आफूहरुको असन्तुष्टि रहेको नेपालीले बताइन ।
बझाङ क्षेत्र नम्बर १ मा भौतिक पूर्बाधार तर्फ ४० करोड बजेट छुट्याईएकोमा क्षेत्र नम्बर २ मा ६ करोड रुपैया मात्र छुट्याइएको भन्दै सांसद नेपालीले चर्को बिरोध गरिन ।
उपेक्षित भेग र भूगोललाई थप उपेक्षित बनाईयो, सांसद नेपालीलले भनिन, प्रकृया र पद्धति मिचेर बजेट ल्याईयो । यसमा हाम्रो गम्भीर असहमती छ ।
बझाङ क्षेत्र नम्बर १ सभामुख अर्जुन बहादुर थापा र माया बोहरा तामाङको क्षेत्र हो । क्षेत्र नम्बर २ देवकी मल्ल र शान्ति नेपालीको क्षेत्र हो । क्षेत्र नम्बर १ नेकपाका जिल्लाकै प्रभावशाली नेता र पूर्वमन्त्रीको क्षेत्र समेत हो । 
सांसदको आग्रह र माग भन्दा पनि बाहिरबाट बजेट बिनियोजन गरेको नेपालीले आरोप लगाईन ।
    सांसद लिलाधर भट्टले बजेटप्रति आफ्नो सैद्धान्तिक असहमति रहेको बताए । विकासमा कम र प्रशासनिक खर्चमा बढी बजेट छुट्याइनु अमिल्दो भएको उनले बताए । प्रदेशमा कर्मचारी संख्या कम भए पनि प्रशासनिक खर्च पुँजीगत भन्दा बढी हुनुले विकास प्राथमिकतामा नपरेकोजस्तो देखिएको उनको भनाइ छ ।
    ‘मन्त्री भएका ठाउँमा थोरै बढी बजेट हुनुलाई स्वाभाविक मान्न सकिन्छ । तर न्यूनतम सन्तुलन भएन ।’ उनले भने, ‘योजना छनौटका क्रममा विज्ञ र प्रदेश सांसदसंग छलफल गरिनु पथ्र्यो ।’ बजेटमा छुटेका विषय समावेश गरेर जानुपर्ने उनको माग छ ।
    खप्तडसंग जोडिएका चार जिल्ला जोड्ने सडकलगायत किटान भएका प्रदेश गौरवका केही आयोजनामा छुट्याइएको बजेट निकै कम रहेको उनले बताए ।