Close This

खानीडाडामा भारतीय पर्यटकको घुईचो

शनिबार असार ९, २०७५/ Saturday 06-23-18
Paschim Today

पश्चिम टुडे, धनगढी ९ असार ।
कैलालीको चुरे गाँउपालिका अन्तर्गत रहेको खानीडाँडा क्षेत्र गर्मी छल्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
खानीडाडामा दिनहु सयौको संख्यामा पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउछन् ।
साईपाल रिसोर्ट खाँनीडाडाका सञ्चालक श्याम महराले बिगत केही वर्षयता भारतका बिभिन्न शहर र नेपालकै पनि बिभिन्न स्थानबाट गर्मी छल्न पर्यटकहरु आउने गरेको बताए ।
केही वर्षअघिसम्म भीमदत्त राजमार्गमा चल्ने यात्रु बाहक बस र अन्य सवारी साधनको बिश्राम स्थल एवं खाना खानका लागि रोकिने ठाउका रुपमा चिनिने खाँनीडाडा पछिल्ला केही वर्षयता भने पर्यटकहरुको समेत गन्तव्य बनेको हो ।
तराईमा चर्को गर्मी भईरहदा चुरे श्रृंखला अन्तर्गत झण्डै एक हजार ३ सय मिटरमा रहेको खानीडाडाको मौसम भने अत्यन्त शितल हुने गरेको छ । 
गर्मी छल्न र प्राकृतिक मनोरम दृष्यावोलकनका लागि भारतको पलिया, लखिमपुर, लखनऊ,दिल्ली, पञ्जाव र उत्तराखण्डका बिभिन्न स्थानबाट भारतीय पर्यटकहरु आउने गरेको साईपाल रिसोर्टका सञ्चालक महराले जानकारी दिए ।
साईपाल रिसोर्टका म्यानेजर हरी चौधरीले भारत र नेपालका बिभिन्न स्थानबाट आउने पर्यटकहरु खानीडाडाको मनोरम दृष्यावलोकन र शितलताका कारण अत्यन्त प्रभावित भई पटक पटक आउने गरेको बताए ।
शनिवार नेपाली पर्यटक र आईतवार भारतीय पर्यटकहरुको भीड खानीडाँडामा थेगिनसक्नु हुने गरेको छ ।
साईपाल रिसोर्टले आफ्नो सेवा, सुबिधा र गुणस्तरमा स्तरोन्नती गरेसंगै खानीडाँडामा सुबिधायुक्त होटलको अभावको आपूर्ति समेत भएको छ । बासबस्नका लागि सुबिधायुक्त होटल सञ्चालनमा आएकोले खानीडाडामा बासबस्ने गरी समेत भारतीय र नेपाली पर्यटकहरु आउने गरेको साईपाल रिसोर्टका म्यानेजर चौधरीले जानकारी दिए ।
साईपाल रिसोर्टले एक हजार रुपैयादेखि तीन हजार रुपैया पर्ने डिलक्स र स्वीट रुम र पर्यटकहरुका लागि गुणस्तरीय खाना तथा खाजाका परिकारहरुको व्यवस्था गरेकोले टाढा टाढाबा पर्यटकहरु बास बस्ने आउने गरेको चौधरीले बताए ।
खानीडाडाको सिरानमा रहेको कम्पासे धुराको प्रचार प्रसार र सुबिधा युक्त होटलहरुको स्थापना भएमा खानीडाडा कैलालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने स्थानीय बासिन्दाको विश्वास छ ।