Close This

एसईई नतिजा आज

शनिबार असार ९, २०७५/ Saturday 06-23-18
Paschim Today
फोटो : कान्तिपुर

काठमाडौँ  असार ९
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । 
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।

नतिजा सार्वजनिक गरेसँगै त्यसलाई काठमाडौं वर्ल्ड स्कुलसँगको सहकार्यमा ईकान्तिपुर डटकमले आफ्नो साइटमा प्रकाशित गर्ने छ।नतिजा हेर्नका लागिरिजल्टस् डट ईकान्तिपुर डटकममा लगइन गर्नुका साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।

गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।
साभार कान्तिपुर