Close This

कैलाली बहुमुखी क्याम्पसलाई चार विधामा अवार्ड

शनिबार असार ९, २०७५/ Saturday 06-23-18
Paschim Today

धनगढी, ९ असार । प्रदेशन नम्बर ७ को सबैभन्दा ठूलो र अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसले चार विधामा अवार्ड प्राप्त गरेको छ । 
    न्यू बिजनेश स्कुल रेटिङ ¥याङ्किङ अन्तर्गत कैलाली बहुमुखी क्याम्पसले नेपालमै सर्वाधिक चार विधामा अवार्ड प्राप्त गरेको क्याम्पस प्रमुख डा. पद्मराज जोशीले जानकारी दिए । कैलाली बहुमुखी क्याम्पसले नेपालको उत्कृष्ट सामुदायिक क्याम्पस, नेपालको उत्कृष्ट १० एमबीएस स्कुल, नेपालको उत्कृष्ट १० बीबीएस स्कुल र प्रदेश नम्बर ७ को उत्कृष्ट बी स्कुलको अवार्ड प्राप्त गरेको छ । 
    विभिन्न संकायमा स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको कैलाली बहुमुखी क्याम्पसमा प्रदेशको नौ वटै जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।