Close This

बृद्धबृद्धालाई लत्ताकपडा वितरण

आइतबार असार १०, २०७५/ Sunday 06-24-18
Paschim Today

पश्चिम टुडे धनगढी १० असार ।
कञ्चनपुरको बैजनाथ बृद्धाश्रमका १८ जना बृद्धबृद्धाहरुलाई शनिवार लत्ताकपडा, रासन वितरण गरिएको छ । 
    अमेरिकी राजदूतावास अन्तर्गत रेलोद्वारा सञ्चालित तथा नेल्टाद्वारा व्यवस्थापन गरिएको ‘एक्सेस माइक्रो स्कलरसीप प्रोग्राम’ मार्फत कैलाली एक्सीस सेन्टरका विद्यार्थी र स्टेपिङ स्टोनका विद्यार्थीको सहकार्यमा ति सामाग्री वितरण गरिएको हो । बृद्धबृद्धाहरुलाई भोजन समेत गराइएको थियो ।
उक्त कार्यक्रममा कैलाली एक्सीस सेन्टरका शिक्षक विद्यार्थी तथा स्टेपिङ स्टोनका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक सुमन श्रेष्ठले विद्यार्थीहरुलाई समुदाय तथा सामाजिक कार्यप्रति प्रेरणा प्रदान गर्ने उद्देश्यले बृद्धबृद्धालाई सहयोग गरेको बताए । 
कार्यक्रममा वृद्धाश्रमका सञ्चालक विरबहादुर विष्टले कैलाली एक्सीस सेन्टरले गरेको सहयोगप्रति खुशी भएको बताउँदै सहयोगी हातहरुको सधंै आवश्यकता पर्ने बताएका छन् ।
उक्त कार्यक्रमबाट प्रभावित भई सहभागी विद्यार्थीहरुले आफ्नो टिफिन खर्चको पैसा बचत गरेर बृद्धबृद्धालाई सहयोगका लागि रकम संकलन गरेका छन् ।