हलो सीएममा एक सय उजुरी

आइतबार असार १०, २०७५/ Sunday 06-24-18
Paschim Today

पश्चिम टुडे/धनगढी १० असार ।
प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरु गरेको गरेको ‘हेलो सीएम’ कार्यक्रमको १ महिना पूरा भएको छ । एक महिनामा करिब १ सय उजुरी दर्ता भएका छन । 
भ्रष्टाचार ढिलासुस्ती, लापरबाही असामाजिक क्रियाकलापको विषयमा बढी उजुरी परेका छन । ९८ उजुरी मध्ये अधिकांश समाधानको प्रक्रियामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बिसनसिंह थापाले बताए । कतिपय समस्या मुख्यमन्त्री कार्यालयले नै हल गर्न नसक्ने अवस्था रहेको बताउदै उहाले समस्याबारे सम्बन्धित कार्यालय र मन्त्रालयमा जानकारी गराइएको बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएका सबैभन्दा उजुरी सडक पूर्वाधार र विद्युत सम्बन्धी रहेका छन । हेलो सीएममास डक निमार्णमा लापरबाही, अनियमितता, गुणस्तहीन काम भएको, सडक निर्माण अलपत्र परेको जस्ता उजुरीहरू बढी रहेका छन । प्रदेश राजधानीकै ट्राफिक समस्या, सुरक्षा चुनौती, अनियमितता र भष्ट्रचार नेपाल–भारत सीमा समस्याबारे पनि गुनासो आएका छन । 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समस्या समाधानको प्रकृयामा रहेको दाबी गरेपनि अधिकाश समस्या जस्ताको त्यस्तै रहेका छन । ४ घण्टा देखि १ साता सम्ममा समस्या समाधान गर्ने गरी हेलो सीएम कार्यक्रम ल्याइएको बताउदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीप कँडेलले केही टेलिफोनबाटै समाधान भएका र केही समाधानको प्रकृयामा रहेको बताए ।
मुख्यमन्त्री कार्यालयमा दर्ता भएका गुनासाको ठोस समाधान नभएपनि सर्वसाधरणहरु भने कार्यक्रमले परिवर्तन ल्याउने अपेक्षा रहेको बताउने गरेका छन ।