Close This

अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिने

आइतबार असार १०, २०७५/ Sunday 06-24-18
Paschim Today

पश्चिम टुडे/धनगढी १० असार ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृर्प वहादुर वडले नयाँ आर्थिक वर्षलाई  अतिक्रमण हटाउ अभियानको रुपमा मनाउने बताएका छन् ।
उनले आर्थिक वर्ष २०७५/०७६ मा धनगढीका खोला अतिक्रमलाई हटाउने बताएका हुन । खोला नाला अतिक्रमण हुदा धनगढीका बासिन्दा डुवानको चपेटामा बर्सेनि पर्दै गएकाले अभियान नै सञ्चालन गरेर हटाउने बताए ।
धनगढी उपमहानगरपालिको प्रमुख भएर आएको पहिलो वर्ष भएकाले काम गर्न नसकेको स्वीकार गर्दै प्रमुख वडले अर्को आर्थिक वर्षबाट योजना बनाएर काम गर्ने बताए । उनले आगामि आर्थिक वर्षमा अतिक्रमणलाई खाली गरेर धनगढीलाई डुवानमुक्त बनाउने बताए ।
धनगढीमा बनिरहेको नयाँ सडकले विभिन्न ठाउँमा नाला बन्द रहेकाले डुवान बढ्न सक्ने बताउदै उनले पानी जम्मा हुने क्षेत्रको नाला सफाइ गरिने बताए । उनले आ–आफ्नो घर अगाडि ढल सफा गर्न पनि नगरवासीलाई आग्रह गरेका छन् ।