Close This

१० लाख माथि हेरियो हुक्काबार  (भिडियो सहित)

 हुक्का बार नाम लिएर बजारमा आएको गीत युटुबमा दश लाख भन्दा बढी हेरिएको छ ।

बुधबार माघ २४, २०७४/ Wednesday 02-07-18
Paschim Today

नेपाली गीत संगीतको बजारले नयाँ नयाँ स्वाद दिदै छ । नयाँ अनि फरक खालका गीतहरु बजारमा आउदै छन ।  हुक्का बार नाम लिएर बजारमा आएको गीत युटुबमा दश लाख भन्दा बढी हेरिएको छ । अत्तरिया कैलालीमा जन्मेका प्रकाश साउद प्रियनले यो गीत लेखेका हुन । उनिले यो गीत बाट निकै सफल भएको बताएका छन । झन्डै दुइ महिनाको अबधिमा प्रकाश साउद प्रियनको सब्द रहेको हुक्का बार करीब १० लाख भन्दा बढी पटक हेरियको छ । प्रकाश साउद प्रियन को सब्द तथा गायक टंकको संगीतमा तयार भयको गीतमा टंक तिमिल्सिनाले आवाज समेत भरेका छन । नायिका चन्दा दाहालसंगको बेजोड रोमान्समा टंक को अभिनय समेत रहेको छ । कैलालीका प्रकाश शाही गीतका निर्माणकर्ता समेत हुन । प्रकाशले समेत मोडल चन्दासंग गज्जब रोमान्स गरेका छन । बिक्रम चौहानले निर्देशन गर्नु भयको भिडियोलाइ प्रकाश खड्काले क्यामरामा कैद गरेका हुन भने मिलन बिकले सम्पादन गरेका हुन ।