Close This

मुख्यमन्त्री र नगर प्रमुखबीच भेटवार्ता

आइतबार असार १७, २०७५/ Sunday 07-01-18
Paschim Today

धनगढी, १७ असार प्रदेश नं का मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडबीच शनिवार भेटवार्ता भएको

भेटमा धनगढी नगरको विकासका बारेमा छलफल गरिएको धनगढी प्रदेश नं को अस्थायी राजधानी समेत भएकाले यहाँको भौतिक विकास, फोहर व्यवस्थापन, स्वास्थ्य क्षेत्रको सुधारका साथै यहाँ कसरी लगानी भित्राउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो भेटघाटमा संयुक्त राष्ट्रसंघ वातावरण ईकाइका अनुसन्धानकर्ता डा. गणेश प्रशाद जोशी समेतको उपस्थिति रहेको थियो

विकासका लागि प्रदेशले नै साझा धारण बनाएर जानुपर्दछ मुख्य मन्त्री त्रिलोचन भट्टले भने,‘यस बिषयमा गम्भीर छु उनले धनगढी प्रदेश नं को अस्थायी राजधानी समेत भएकाले जनघनत्व बढ्दै जाने मुख्य मन्त्री भट्टले बताए उनले भने,‘यसका लागि पूर्वाधार बाटोघाटो पनि दिर्घकालिन लक्ष्य लिएर बनाउनु पर्छ यहाँ विकास गर्न चाहनेहरुलाई निरुत्साहित गर्ने प्रबृती हाबी रहेको बताउँदै मुख्य मन्त्री भट्टले भने,‘आफूले सकारात्मक रुपमा काम गरे त्यस्तो आलोचक आफै हराएर जाने बताए

धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले नगरको विकासका लागि आफु लागि परेकाले त्यसमा प्रदेश सरकारको सकारात्मक सहयोगको अपेक्षा गरे उनले केहि समय भित्रै यस प्रदेशका स्थानीयतहरुको विकासका लागि धनगढी उपमहानगरपालीकाले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए संयुक्त राष्ट्रसंघ वातावरण ईकाइका अनुसन्धानकर्ता डा. गणेश प्रशाद जोशीले आफु यस क्षेत्रको ब्यक्ति भएकाले यहाँको समृद्धीका लागि आफु जस्तोसुकै समन्वय गर्न तयार रहेको बताए छलफल मुख्य मन्त्री भट्टको निवासमा भएको थियो