Close This

हसिया प्रहार गरी पत्नीको हत्या

बिहीबार असार २१, २०७५/ Thursday 07-05-18
Paschim Today

 

लम्की(कैलाली), २१ असार ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ प्रतापुरमा एक जनाले पुरुषले पत्नीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रतापपुरका ३५ वर्षिय ईन्द्र चौधरीले ३२ वर्षिय पत्नी गर्भी चौधरीको हसियाले प्रहार गरी हत्या गरेका हुन् ।

बुधवार राति करीव ९ बजे घरभित्रै पत्नीको हत्या गरेका चौधरीलाई आज बिहान साढे १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।