Close This

हुनेवाला जीवनसाथीबाट के अपेक्षा राख्नु हुन्छ ?

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

हुनेवाला जीवनसाथीलाई लिएर सबैको मनमा आ–आफ्नै इच्छा हुन्छ । कोही आफ्नो भविष्यको जीवनसाथी सपनाको राजकुमारलाई बनाउन चाहन्छन् , त कोही आफूले सबैभन्दा धेरै मन पराएको व्यक्तिलाई नै आफ्नो जीवनसाथीको रुपमा हेर्न चाहन्छन् । जसबाट उनीहरुले माया, प्रेम, विश्वास लगायतका विभिन्न कुराको अपेक्षा राख्ने गर्छन् । यस्ता अपेक्षा पुरुषहरुले महिलाबाट मात्र हैन, महिलाहरुले पुरुषबाट पनि राख्ने गर्छन् । महिलाले पुरुषबाट गर्ने अपेक्षा ः कुनै पनि महिलाले आफ्नो श्रीमान् बाट गर्ने अपेक्षा भनेकै उनीहरु बीचको विश्वास हो । कुनै महिलाले आफ्नो श्रीमान् संस्कारी हुनुका साथै समझदार तथा विश्वासिलो होस् भन्ने अपेक्षा राख्छन् । त्यस्तै, आफूलाई बुझ्ने तथा भरोसा गर्न लायक श्रीमान्को अपेक्षा गर्छन् । उनीहरु सोच्छन्, मेरो श्रीमान् यस्तो होस्, जसमाथि मैले आँखा बन्द गरेर विश्वास गर्न सकुँ । मैले गल्ती गरे मलाई सम्झाओस् तथा राम्रो गर्दा मलाई स्यावासी दिओस् । विना गल्ती मलाई गाली नगरोस् र विना अर्थ ममाथि शंका नगरोस् । त्यतिमात्र हैन, कुनै पनि महिलाले आफ्नो श्रीमान्बाट गर्ने अपेक्षा भनेको आफ्नो कमाईमा हक नजताओस् भन्ने पनि हो ।
    म जस्तो छु, मलाई त्यसरी नै अपनाओस् ः धेरै महिलाहको चाहना हुन्छ, मेरो श्रीमान्ले मलाई त्यसरी नै अपनाओस्, जस्तो कि म अहिले छु । मलाई कुनै पनि हालतमा परिवर्तन गर्न नखोजोस् । किनकी हरेक व्यक्तिको आ–आफ्नै विशेषता हुन्छ । र एउटालाई चित्त बुझेन भन्दैमा अर्कोलाई परिवर्तन गर्नु पक्कै पनि बुद्धिमानी हैन ।
    पारिवारिक मुल्यमान्यतालाई आदर गरोस् ः हरेक महिलाको इच्छा हुन्छ, उसको श्रीमान् समाज तथा परिवारमा अब्बल होस् । हरेक मुल्य मान्यतयालाई आदर गर्ने खालको होस् । साथै परिवारमा बस्ने, परिवारलाई समय दिने खालको होस् । किनकी परिवार बीच घुलमिल हुनसक्ने व्यक्तिले नै आफ्नो सम्बन्धलाई मजबुतीका साथ अगाडी बढाउन सक्दछन् ।
    दयालु तथा धैर्यवान् होस् ः स्वार्थी तथा उत्ताउलो किसिमको मानिस जो कसैलाई मन पर्दैन । त्यसो भन्दैमा कुनै पनि महिला उसको श्रीमान् दानवीर कर्ण होस् भन्ने पनि चाहना राख्दैनन् । यत्ति हो की परेको बेला धैर्यधारण गरी आवश्यकता अनुसार  पैसा खर्च गर्न सक्ने होस् भन्ने चाही अवश्य चाहना राख्छन् ।
    आफ्नो जिम्मेवारी राम्ररी निभाओस् ः कुनै पनि महिला आफ्नो श्रीमान् जिम्मेवार भएको हेर्न चाहन्छिन् । किनकी जिम्मेवारी वहन गर्ने मानिसले आफ्नो जिम्मेवारी पनि राम्ररी पूरा गर्न सक्दछन् ।
    महिलाहरुको इज्जत गरोस् ः  भनिन्छ, जो मानिसले आफ्नो आमा तथा बहिनीको इज्जत गर्दैन, उसले कसैको पनि इज्जत गर्न सक्दैन । त्यसैले, विवाह गर्ने उमेर भएका हरेक महिला यस्तो पुरुषको खोजीमा रहने गर्छन्, जो महिलालाई भरपूर इज्जत तथा सम्मान गरोस् ।
    विवाहको महत्व बुझोस् ः विवाह वन्धनमा बाधिने पुरुष तथा महिलाहरुले आफ्नो विवाहको महत्वलाई बुझन् आवश्यक छ । जबसम्म उनीहरुले विवाहको महत्वलाई बुझ्न सक्दैनन् , तबसम्म उनीहरुले  विवाह पश्चात्त सुरु हुने बाधा अड्चनहरुलाई हटाएर सौहार्द वातावरणमा जीवनयापन गर्न सक्दैनन् ।
    आर्थिक रुपले सबल होस् ः हरेक महिलाको सपना हुन्छ, विवाह पश्चात्त उसको हरेक सपना पूरा होस् । यसका लागि उनीहरुले सधैभरी आर्थिक रुपले सवल श्रीमान्को अपेक्षा राख्छन् । ताकी, कुनै कुरा मन परेमा वा चाहिएमा मन मार्न नपरोस् ।
    जो आफ्नो मात्र हैन, अरुको पनि ख्याल गरोस् ः भनिन्छ, जो आफूलाई माया गर्छन्, अरुलाई पनि उत्तिकै माया गर्छन् । महिलाहरु यस्ता पुरुष पक्कै पनि चाहदैनन्, जो आफ्नो मात्र ख्याल गरोस् वा अरुको मात्र ख्याल गरोस् । उनीहरु चाहन्छन्, आफ्नो श्रीमानले आफ्नो मात्र हैन, अरुको पनि ख्याल गरोस् ।
    जो परिवारका साथै समाजप्रति पनि जिम्मेवार होस् ः महिलाहरु यस्ता श्रीमान चाहन्छन्, जो परिवारका साथै समाज प्रति पनि जिम्मेवार होस् । र, समाज निर्माणको लागि केही गर्ने चाहना राखोस् ।
    सेन्स अफ ह्यूमर राम्रो होस् ः जब तपाई खुशी हुनुहुन्छ, तब वरिपरिको वातावरणलाई पनि खुशी राख्न सकिन्छ । र, वरिवरिको वातावरणलाई तब खुशी पार्न सकिन्छ, जब तपाईको सेन्स अफ ह्यूमर राम्रो होस् । किनकी सेन्स अफ ह्यूमर राम्रो भए मात्र कुनै पनि समस्यालाई सजिलै सुल्झाउन सकिन्छ । र, नयाँ नयाँ कुरा गर्न सकिन्छ ।  आज समाज जतासुकै लागेको होस्,  हरेक समाजलाई जोड्ने एउटै तत्व हो, विश्वास । विश्वास र भरोसा नै त्यस्तो चीज हो, जसले हरेक सम्बन्धलाई मजबुती प्रदान गर्छ । त्यसैले, हरेक पुरुषको चाहना हुन्छ, आफूले विवाह गर्ने श्रीमति यस्तो होस्, जसलाई मैले आँखा चिम्लेर विश्वास गर्न सकुँ ।
    लाइफ इन्जोई गरोस् ः हरेक पुरुषको एउटै अपेक्षा हुन्छ, उसको हुनेवाला श्रीमतिले आफ्नो पनि लाइफ इन्जोई गरोस् । उसलाई पनि इन्जोई गर्न देओस् । साथै सानो सानो कुरामा पनि खुशी भएर घर परिवारलाई पनि खुशी प्रदान गरोस् ।
    आवश्यक्ता परेको बेला परिवारको आड बनोस् ः हरेक श्रीमान्, यस्तो श्रीमतिको कल्पना गर्छन् , जो आवश्यक्ता परेको बेला परिवारको आड तथा भरोसा बन्न सकोस् । परिवारलाई एक बनाउन सकोस् । परिवारको मुठ्ठी बनोस् ।
    पर्याप्त स्पेश प्रदान गरोस् ः केही महिलाको बानी नै हुन्छ, साटेलाइट सरह श्रीमान्को पछिपछि कुद्ने । जबकी हरेक समय श्रीमान्को पछि पछि लाग्ने बानीले श्रीमान् श्रीमती बीचको सम्बन्धमा भने तिक्तना आउन सक्छ । त्यसैले, हरेक श्रीमान् चाहन्छन्, उसको श्रीमतिले यो कुरा बुझोस् र श्रीमान्लाई पर्याप्त स्पे्श प्रदान गरोस् ।
    नभनीकनै सबैकुरा बुझोस् ः हरेक पुरुषको इच्छा हुन्छ, उसको पत्नी यस्तो होस् , जो बोल्दै नबोली पनि
    असल आमा होस् ः हरेक पुरुषको चाहना हुन्छ, उसको श्रीमति यस्ती होस् कि ऊ पछि गएर असर आमा बनोेस् । ताकी उसको बच्चालाई राम्रो पारिवारिक वातावरण प्राप्त होस् । तर यो कुरा त आमा बनेपछि मात्र थाहा हुने भएकोले अहिले नै भन्न सकिदैन ।
    अरुको समेत ध्यान राखोस् ः केही महिला आफ्नो श्रीमान्लाई त अपनाउन सक्षम हुन्छन्, तर उसको परिवारलाई भने अपनाउन सक्दैनन् । जबकी कुनै पनि महिला विवाह पश्चात्त एउटा श्रीमती मात्र हुदैन । कसैको बुहारी त कसैको भाउजु पनि हुन्छे । त्यसैले पनि प्राय जसो पुरुष आफ्नो श्रीमतिबाट यही अपेक्षा राख्छन् कि उसले आफूलाई मात्र नभएर आफ्नो परिवारका सदस्यलाई पनि पूर्णतया अपनाओस् ।