Close This

यो हो दुनियाँकै सानो टापु

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

अमेरिकाको न्युयोर्क्स्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो । दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो । यो टापुको आकार एउटा टेनिस कोर्ट बराबर छ । अझ अर्को रोचक कुरा त के भने यो टापुमा केवल एउटा घर र एउटा रुख छ । यो टापु घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको छ । विश्वका २ हजारभन्दा धेरै टापुहरु मध्येमा यो पनि एक हो । ३ हजार ३ सय वर्ग्फिटमा फैलिएको छ यो टापु । यसले सानो आकारको टापुको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । स्मरणरहोस् यसअघि बिशप रकलाई विश्वको सबैभन्दा सानो टापु मानिन्थ्यो । तर विशप रक भन्दा जस्ट रुम इनफ आधाले सानो छ । यो टापुलाई यसअघि हब आइल्याण्डको नामले चिनिन्थ्यो । सन् १९५० मा एक परिवारले टापु किनेर त्यसमा घर बनाए र रुख रोपे । त्यसपछि टापुको नाम हब आइल्याण्डबाट बदलेर जस्ट रुम इनफ राखिएको हो । उक्त परिवारले छुट्टीको समय बिताउन खरीद गरेको यो टापु अहिले गिनिज बुकमा मात्र परेको छैन पर्यटकीय स्थल नै बनेको छ ।