कायरामा आर्यन र साम्राज्ञीको सुहाएको केमेस्ट्री

SITENAME

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म कायरा को पहिलो गीत सार्वजनिक भएको छ । दुई हप्ताअघि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले सुखमा बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।  फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो सास बन्न अनुरोध गरिरहेका छन् । भिडियोमा यी दुईको जोडी कमालको देखिएको छ । पहिलो पटक यो कपलले सँगै काम गरेका हुन् । सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् ।  कायरा का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको कायरा  का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।  आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।  शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको कायरा मा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् । फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तय गरिएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सुप आईडलको टप १५ को अडिसन सम्पन्न 

धनगढी, २९ कार्तिक ।  सुप आईडल सिजन २ को टप १५ को अडिसन बुधबार सम्पन्न भएको छ ।  अडिसनबाट टप १० मा चेतराज फुलारा, संजिता नेपाली, संजय डगौंरा, हिमाल सुनार,

गायक नेत्र परियार को डेउडा कोसेली रिनका झालले गितको म्युजिक भिडियो कोे सार्वजनिक

पवन भण्डारी कार्तीक २२ धनगढी  पछिल्लो समय गित सँगित तिर आफनो छुट्टै पहिचान बनाउन सफल गायक नेत्र परियार को डेउडा कोसेली रिनका झालले गितको म्युजिक

आफनो प्रेमीलाई भेटेर देउसी गीतमा रमाइलो गदैँ मोडल आचार्य

धनगढी, २० कात्तिक ।         नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको