Close This

निष्क्रिय रहेका आठ खेल संघ खारेज

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न आठ राष्ट्रिय खेल संघ खारेज गरेको छ । खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन् । खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ (संशोधित) सहित खेलकुद गतिविधि सञ्चालन नगरेको, लेखा परिक्षण नवीकरण नगरेको र निर्वाचन नभएकाले संघ खारेज गरेको राखेपले जनाएको छ । संघको क्रियाकलापबारे राखेपको सूचनालाई पनि वास्ता नगरेकाले खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको राखेपले जनाएको छ ।