Close This

‘अउसी–अउसी’ मा ‘छबगर भमरा’ बने मर्दनिया

शुक्रबार असार २९, २०७५/ Friday 07-13-18
Paschim Today

धनगढी, २९ असार । तीन दिन अगाडिमात्रै ‘झिन अउसी बोबी तोई...’ बोलको दुखान्त गीत बजारमा ल्याएका जनप्रतिनिधि प्रेमशङ्कर मर्दनियाको अर्को गीत पनि बजारमा आएको छ । 
    ‘ब्याक टु ब्याक’ नवलपुरिया थारु भाषाको गीत बजारमा ल्याउने क्रममा उनले ‘अउसी–अउसी, हमार कान्छी फूलक छहरी म..’ बोलको दोस्रो गीत बजारमा ल्याएका हुन । यस गीतमा उनी छबगर (सुन्दर) भमरा बनेका छन् । 


उनको यो रोमान्टिक गीतमा बनेको म्युजिक भिडियोलाई एनडी स्टुडियो द स्टोरी मेकरले रिलिज गरेको छ । म्युजिक भिडियोमा हिरा चौधरी र अञ्जु रम्तेलले अभिनय गरेका छन् । उनीहरुलाई कोरसको साथ रहेको छ । 
आफ्नै शब्द, संगीतमा मर्दनियाले आफै स्वर दिएका छन् । उनलाई पवित्रा गुरुङ्गको साथ रहेको छ । रुपमसिंह गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हिरा चौधरीको निर्देशन रहेको छ । पतिराम थनेतले छायाङ्कन गरेको म्युजिक भिडियोको सम्पादन सुरेश चौधरीले गरेका छन् । 
नवलपरासीको प्रसिद्ध अमलटारी होमस्टे, नारायणी नदी लगायत आसपासमा उक्त म्युजिक भिडियोको छायांकन गरिएको थियो । गीत संगीततर्फ लम्केका मर्दनिया संरक्षणकर्मी र कावासोती नगरपालिकाको उपप्रमुख हुन ।