Close This

डीजी डोनर एपबारे जानकारी

शनिबार असार ३०, २०७५/ Saturday 07-14-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३० शनिबार ।
धनगढीको सेती अञ्चल अस्पतालमा डीजी डोनर एपको बारेमा शुक्रवार जानकारी गराइएको छ । 
    रगत अभावले ज्यान गुमाउनु पर्ने अवस्थालाई मध्यनजर गरी दाह्री ग्यांगले बनाएको ब्लड डाटाबेस (डीजी डोनर) एपको बारेमा जानकारी गराएको हो । यो एपले आकस्मिक रगत आवश्यक परेको बेला रक्तदाता खोज्न सहयोग गर्ने जनाइएको छ । आवश्यक परेको बेला ग्यांगका सदस्यले पनि रक्तदान गर्ने जनाइएको छ ।