Close This

विश्वकप: इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

विश्वकप: इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो स्थानमा

आइतबार असार ३१, २०७५/ Sunday 07-15-18
Paschim Today

रुसमा भइरहेको विश्वकप फुटबलमा तेस्रो स्थानको निम्ति भएको खेलमा इंग्ल्याण्डलाई बेल्जियमले हराएको छ।

बेल्जियमले २ गोल प्रहार गर्‍यो भने इंग्ल्याण्डले गोल गर्न सकेन।

खेल सुरु भएको ४ मिनेटमा बेल्जियमका थोमस मोउनियरले पहिलो गोल गरेको थियो।

दोस्रो गोल एडेन हजार्डले करिब ८२ मिनेटमा गरेका थिए।

इङ्ग्ल्याण्डका कप्तान ह्यारी केन ६ गोल सहित यो प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अग्रपङ्क्तिमा छन्।

प्रतियोगिताको फाइनल खेल फ्रान्स र क्रोएसियाबीच आइतवार हुँदैछ।