Close This

मोडेल टाउन निर्माणका लागि छलफल

सोमबार असार ३२, २०७५/ Monday 07-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३२ असार ।
धनगढी उप–महानगरपालिकामा भ्यूटावर सहितको मोडेल टाउन निर्माणका विषयमा आईतबार न्यूआईटी भेन्चरका प्रतिनिधि र स्मार्ट सिटी समन्वय समितिबीच छलफल भएको छ ।
न्यूआईटी भेन्चर गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्ट लगायतका ब्यक्तिहरुको कम्पनी हो । धनगढीलाई स्मार्टसिटी बनाउने कार्य अन्तरगत मोडेल टाउन निर्माण गरिन थालेको धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने,‘ मोडेल टाउन मात्रै निर्माण गर्न सके त्यसले धनगढीमा भारतीय ग्राहकहरुलाई आकर्षण गर्ने छ । 
आईटी भेन्चरले धनगढीमा झण्डै एक अर्व २० करोडको लगानीमा मोडेल टाउन निर्माण गर्ने तयारी अन्तीम चरणमा पु¥याएको छ । हामी सबै प्रकृयाको अन्तिम चरणमा छौं आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले भने,‘यो सार्वजनिक निजी साझेदारीको अवधारणामा निर्माण हुने छ यसका लागि २ महिना भित्र शेयर खुला गरिने छ । आईटी भेन्चर जापानमा रहेका प्रवासी नेपालीहरुको कम्पनी हो । 
आईटी भेन्चरका प्रतिनिधी कमल अधिकारीका अनुसार यो झण्डै २ बिगहाको क्षेत्रफलमा निर्माण गरिने छ । यो टाउन ९ ताले र ७ ताले ९ वटा भवनमा निर्माण गरिने छ जहाँ ९ तले भवनको माथी धनगढी नगरहेर्न सकिने भ्यूटावर समेत निर्माण गरिने छ । पहिलो ९ ताले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यूटावर हुने छ भने दोश्रो ७ ताले भवनमा परंपरागत प्रविधी, बिज्ञान ल्याव, आवश्यकीय कार्यालय र सेमिनारहल निर्माण गरिने आईटी भेन्चरका प्रतिनिधी कमल अधिकारीले बताए ।
मोडेल टाउन निर्माणको कार्य २ वर्षभित्र सम्पन्न गरिसक्ने आईटी भेन्चरको योजना रहेको छ । धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप मोडेल टाउन निर्माण गरिन थालेको   हो । निर्माण स्थलका बारेमा छलफल भैरहेको बताउदै आईटी भेन्चरका कमल अधिकारीले भने,‘बिभिन्न ठाउँमा माटो परिक्षणको नमुना लिएका छौ केहि दिनमै टुङ्गो लगाउँछौं ।