पार्टी हित विपरित काम गर्नेमाथि कारबाही हुनुपर्छ–चौधरी

सोमबार असार ३२, २०७५/ Monday 07-16-18
Paschim Today


धनगढी, ३२ असार ।
नेपाली काँग्रेसका नेता प्रभातकुमार चौधरीले प्रदेश तथा संघीय सांसदको निर्वाचनमा पार्टीलाई घात तथा  असहयोग गर्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई कारबाही गर्नु पर्ने बताएका छन् ।
आफूले जारी गरेको बिज्ञप्तिका सम्बन्धमा बिभिन्न पक्षले आआफ्ना ढंगले व्याख्या गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै चौधरीले निर्वाचनमा असहयोग गर्नेहरुमाथि कारबाही गर्नुपर्ने आफ्नो अडान यथावत रहेको स्पष्ट पारेका छन् ।
निर्वाचनमा पार्टीलाई असहयोग गर्नेहरुलाइ जोगाउनुपर्छ भन्ने मेरो बिज्ञप्तिको आशय नभएको प्रष्ट पार्न चाहन्छु, पछिल्लो पटक जारी गरिएको अर्को बिज्ञप्तिमा चौधरीले भनेका छन्, पार्टीको हित विपरित कार्य जो सुकै भए पनि त्यस्ता नेता तथा कार्यकर्तालाई कारबाही गर्नुपर्छ भन्ने मेरो अडान यथावत छ ।
उनले पार्टीले सिफारिस गरेको निर्णय बाहिर ल्याउने व्यक्तिमाथि कारबाहीगर्न पनि जिल्ला नेतृत्वलाई आग्रह गरेका छन् ।
कारबाहीका लागि गरिएको सिफारिसमा चौधरीको समेत हस्ताक्षर रहेको छ ।