Close This

सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले घोषित ।।

सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले घोषित ।।

सोमबार असार ३२, २०७५/ Monday 07-16-18
Paschim Today

आइतबार राति भएको विश्वकपको फाइनल खेलमा सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिचले घोषित भएका छन  । रसियाको मस्कोस्थित लुझिन्की रङ्गशालामा भइरहेको विश्वकप उपाधि वितरण कार्यक्रममा मोड्रिचलाई उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरे । तर उनले आफ्नो टिमलाई उपाधि दिलाउन सकेनन्न । फ्रान्ससँगको फाइनल खेलमा क्रोएसिया ४(२ गोल अन्तरले पराजित भएर स्तब्ध भयो ।

त्यस्तै अर्जेटिनाका सुपर स्टार लियोनल मेस्सी पनि सन २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सर्वोत्कृष्ट खेलाडी बने तर मेस्सीले पनि आफ्नो टिमलाई विश्वकपको उपाधि दिलाउन सकेनन । उपविजेतामा नै चित्त बुझाउनु परेको थियो । यस पाटक रुसमा भएको विश्वकपमा भने मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना भने प्रिक्वटरफाइनबाटै नै घर फर्कनु परे ।

गोल्डेन बलले मोड्रिच र मेस्सी दुवैलाई खुसी दिन सकेन । उनीहरूको विश्वकप जित्ने सपना अधुरो नै रह्यो । आइतबार विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित भएपछि कप्तान मोड्रिच आकाशतिर फर्केर निकै रोए । कुनै चर्चामा नै नरहेको आफ्नो देशलाई फाइनलसम्म लगेका लुका मोड्रिच रोइरहँदा उनका देशका समर्थकहरू पनि उसैगरी रोइरहेका थिए । आँसु पुछेर मञ्चतिर उक्लिए ।

गोल्डेन बल लिइसकेपछि उनलाई क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले अँगालो मारे । क्रोएसियाली खेलाडीहरूका प्रेरणा र ऊर्जाको स्रोत बनेकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले निकै रुँदै निकै समय अँगालोमा हाली रहिन् । त्यो खुसी र दुःख दुवैको आँसु थियो । गोल्डेन बलको उपाधि लिँदै गर्दा उनी उत्साहित थिएनन् । गोल्डेन बल उनले अनुहारभन्दा माथि उचालेनन ।

गोल्डेन बल पाए पनि मञ्चको छेउमा गएर तस्बिर खिचाए । तर,छेउमै उभिएका उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका फ्रान्सका युवा खेलाडी केलियन एमबापे मुस्कुराई रहँदा उनको आँखामा आँसु टिलपिलाईरहेको थियो ।


सन् २०१४ मा पनि गोल्डेन बलले मेस्सीलाई खुसी दिन सकेको थिएन । विश्वकपमा सबैभन्दा बढी चर्चामा भएका खेलाडी थिए मेस्सी । डिएगो म्याराडोनाको विरासत धान्दै मेस्सीले पनि देशलाई विश्वकप जिताउने आशा धेरैले गरेका थिए । तर त्यो सपना चकनाचुर भएको थियो ।

मेस्सीले उत्कृष्ट खेलाडीकोरुपमा गोल्डेन बल पाए तर उनलाई त्यो गोल्डेन बल पाएको कुनै खुसी अनुभूति थिएन । निक्कै मेहनत गर्दा पनि जर्मनीसँग अन्तिम समयमा १ शून्यको पराजय भोग्नु परेको पीडा मेस्सीको अनुहारमा प्रस्ट देखिन्थ्यो ।

सामान्यतया नआत्तिने र नमात्तिने भनेर चिनिएका मेस्सीलाई त्यो हारले नराम्रो छोएको थियो र उनको अनुहारमा कतै पनि मुस्कान देखिएको थिएन । गोल्डेन बलको उपाधि लिइरहँदा पनि उनले मुन्टो निहुराइरहेका थिए भने अरूले बधाई दिँदा पनि मुस्कुएका थिएन ।अब सन २०२२ मा कतारमा हुने विश्वकपमा यी दुवै खेलाडी नखेल्ने सम्भावना पनि धेरै रहेको छ किन की मोड्रिच ३२ वर्ष पुगिसकेका छन भने मेस्सी ३१ वर्ष पुगेका छन ।