Close This

सर्बोच्च अदालतको आदेशपछि महराको पर्यटन बोर्डमा पुनर्बहाली

मंगलबार श्रावण १, २०७५/ Tuesday 07-17-18
Paschim Today


धनगढी, १ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पदमुक्त गरेका नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराका पक्षमा सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्बोच्चको अन्तरिम आदेशसंगै महराको नेपाल पर्यटन बोर्डका सदस्य पदमा पुर्नबहाली भएको छ ।
आईतवार अदालतले महरालाई पर्यटन बोर्डको सदस्यका रुपमा काम गर्न दिन सरकारका नाममा अन्तरिम आदेश गरेको हो ।
उनलाई आचार संहिता लागेको समयमा नियुक्त गरिएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले असार २४ गते पदमुक्त गरेको थियो ।
राष्ट्रिय निर्वाचन आयोगले महरा नियुक्त भएको समयमा आचार संहिता लागु नभएको जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनका क्रममा २०७४ माघ १२ गतेदेखि निर्वाचन आचार संहिता लागेको थियो । 
तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रीस्तरीय निर्णयबाट २०७४ माघ ५ गते महरा पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका थिए ।