Close This

भारतको बरोडा मा अदिकवि भानुभक्त आचार्य २०५ जन्म जयन्ती मनाईयो ।।

भारतको बरोडा मा अदिकवि भानुभक्त आचार्य २०५ जन्म जयन्ती मनाईयो ।।

मंगलबार श्रावण १, २०७५/ Tuesday 07-17-18
Paschim Today

चुम्बकराज रेग्मी सुरत 
नेपाली संस्कृतिपरिषद गुजराँत प्रान्त  द्घारा आयोजित  अदिकवि भानुभक्त आचार्य २०५ जन्म जयन्ती हिजो भारतको बरोडा जिल्ला को गाधीगृह हल मा  एक  कार्यक्रमका बिच सम्पन्न भएको छ । गुजराँत प्रान्त का अध्यक्ष हरि प्रसाद उपाध्याको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख  अतिथी गुजरात विधान सभा प्रमुख श्री राजेन्द्र  त्रिवेदि सहनु भएको थियो । कार्यक्रममा सहभागी सबै ले अदिकवि भानुभक्त आर्चाय ले  नेपाली साहित्य जगत मा ल्यायको परिवर्तन को सम्मान गर्दै उहाँका हरेक कृतीहरु अमर रहेको बताउनु भयो । 
कार्यक्रममा बिषेश अतिथी बरोडा महानगरपालीका का  मेयर जिगिसा बेन, सासद रन्जन भट्ट , श्री पसुपतिना ट्रस्ट के प्रमुख नैन सिह राजपुत , नेपाली सस्कृतिपरिषदका अखिल भारत कोषाअध्यक्ष प्रताप सिह बुढा,  गुजरात प्रान्त उपाध्यक्ष एबम् पसुपति नाथ सेवा समिति सुरत अध्यक्ष अर्जुन रावल, मिडिया प्रभारी चुम्बकराज रेग्मी , गुजरात महिला मंच महिला सदस्य  लक्ष्मी जोशी ,भगबती शर्मा, सुरत जिल्ला अध्यक्ष ऊदयराज अधिकारी 
ऊपाध्यक्ष मदन शर्मा अहमदाबाद जिल्ला कमिटी ऊपाध्य डण्डीराज जोशी नेपाल  साँस्कृतीक ं परिसद  गुजराँत  प्रान्त अध्यक्ष  घनश्याम सिंह खड़का लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बडोदरा जिल्ला कमिटी अध्यक्ष घनस्याम ऊपाध्या ,महासचिव हरिष राणा,सचिब डा खेम चन्ध भुर्तेल  , जबाहर भण्डारी  लगायत को सहभागीता रहेको थियो । कार्यक्रममा आदि कवि भानुभक्त आर्चाय का बिभिन्न रचनाहरु समेत बाचन गरिएको बताईयको छ । बडोदरा जिल्ला समितीका महिलाहरु ले  आगन्तुक हरु लाई स्वागत गर्नु भएको थियो ।