Close This

कैलाली उपराष्ट्रपति कपको उपाधि नजिक

बुधबार श्रावण २, २०७५/ Wednesday 07-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी २ साउन । 
कैलाली महिला फुटबल टोली रौतहटमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । 
मंगलबार रौतहटमा भएको सेमिफाइनल खेलमा कैलालीले मोरङलाई ४–० गोल अन्तरको लज्जास्पद हारको स्वाद चखाउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कैलालीको जितमा गंगा अधिकारीले दुई, सृजना सुनार र आकृति भुसालले एक÷एक गोलको योगदान दिए । 
आफ्नो टिमले आक्रामक खेल खेल्दै विपक्षी टिमलाई खेलमा निरीह बनाएको टिम म्यानेजर डबल थापाले बताए । उपाधि भीडन्त कैलाली र आयोजक रौतहटबीच हुने जनाइएको छ ।