Close This

रेनोको वाउ अफर, सस्तो व्याजमा नै कार

‘रेनो वाउ अफर’

बिहीबार माघ २५, २०७४/ Thursday 02-08-18
Paschim Today

माघ २५, पश्चिम टुडे, धनगढी ।
रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । 
यो योजना बुधवार माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने ब्यवस्था मिलाएको छ । 
यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्री सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको जनाइएको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ । 
यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने जनाइएको छ । यस अफरले निकै सस्तो ब्याजदरमा ग्राहकले रेनोका उत्कृष्ट र आर्कषक कारहरु खरिदगर्न सक्ने एडभान्स अटो मोवाइल प्रालिले जानकारी दिएको छ । रेनोका विभिन्न मोडलमा आएका आर्कषक र लग्जरी कारहरुले उत्कृष्ट परफरमेन्स दिने जनाइएको छ । 
हाल नेपालमा रोनेका ५ मोडलका कारहरु बिक्री वित्तरण दुँदै आइरहेका छन् । जस्मा डस्टर, लोड्जी, क्विड १.० लिटर एटिएम, क्विड ०.८ लिटर र क्विड १.० लिटर रहेका छन् । ग्राहकले आफ्नो इच्छा लागेको मोडल मनपर्ने कलरमा छनोट गर्न सक्ने जनाइएको छ ।