Close This

घुस सहित परियोजना प्रमुख यादव पक्राउ

बिहीबार श्रावण ३, २०७५/ Thursday 07-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३ साउन । 
कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । 
    कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैया घुससहित यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए । 
उनले पत्रकार सुशील ढुंगानाले दिएको जानकारीका आधारमा नगद सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।  उनलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ ।
     आयोगका प्रमुख ढकालले यादवलाई थप कारबाहीका लागि उनलाई काठमाडौं पठाइने बताए । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत किसानलाई सहुलियत दरमा वितरण गरिने कृषि उपकरण खरिदमा पनि यादवले अनियमिमता गरेको आरोप लगाइएको थियो ।