Close This

शब्दका नायकहरु

शुक्रबार श्रावण ४, २०७५/ Friday 07-20-18
Paschim Today

रोहित राज उपाध्याय (आभाष)
समय बदलिदो छ, तर संविधानमा लेखेका कुराहरु फेरि ओझेलमा परेका छन् । आर्थिक रुपले मेरो देश गरिब नै भएपनि शान्ति, सौन्दर्य र सह–अस्तित्वको गरिमामय इतिहास बोकेको मेरो यो देशलाई उत्तर र दक्षिण फर्किएका शब्दका नायकहरुको ध्वस्त पार्ने रणनीति दिन प्रतिदिन बढ्दै गएको छ । ती शब्दका नायकहरु मध्ये अधिकांशमा मानवीय संवेदनामा नै छैन । अमानवीय स्वार्थ मात्र लुकेको छ तिनीहरुमा । ती शब्दका नायकहरु लोकतन्त्र, गणतन्त्र र जनवादको कुरा मात्र गर्दैछन्, ती शब्दहरुको नायकहरु बहुलवादबारे रात दिन बहस गर्छन तर ति नायकहरुलाई के थाहा खान नपाएर आत्महत्या गर्ने परिवारको पीडा, ती नायकहरुलाई के थाहा तुइनमा झुन्डिएर विद्यालय जाने साना नानीबाबुहरुको पीडा । ति शब्दका नायकहरुलाई के थाहा कि बढ्दो महङ्गीले मेरो देशका सर्वसाधारण जनतालाई कति पीडा भइरहेको छ । ती शब्दका नायकहरुलाई के थाहा गरिबले गर्नु परेको संघर्ष र भोग्नु परेको पीडा । ती शब्दका नायकहरुलाई त केवल ती खोक्रा शब्दहरु सँग मात्र मतलब छ, वास्तवमा जनताले भोगेको पीडा र देशको सम्वृद्धि र परिवर्तनसँग होइन । किनभने ती शब्दका नायकहरुले दास मानसिकता बोकेका छन् । दृष्टिविहिनहरुको त चेतनाको आँखा खुलै हुन्छ तर दास मानसिकता हुनेहरु त पूर्ण रुपमा अन्धा हुन्छन् । ती खोक्रा शब्दबाट परिवर्तन आउँछ भन्ठान्नेहरु शब्दका दास हुन्, परिवर्तनका बाहक होइनन् । तिनीहरुलाई त केवल शब्दले देश परिवर्तन हुन्छ भन्ने झुटा आशाहरुले जनताको कान भर्नुछ । ती शब्दले जनतालाई आफ्नो पोल्टोमा पारेर चुनाव जित्नु छ र सत्तामा पुग्नु छ । मन्त्री, प्रधानमन्त्री हुनु छ र आफ्नो राजनैतिकदलको झन्डा बोकेर हिड्नु छ । ती शब्दहरुलाई ढाल बनाएर कुर्सीका लागि लड्ने क्रममा बाँकी देश जहाँ सुकै जाओस्, ती शब्दको नायकहरुलाई मतलब छ्रैन । ती नायक भन्दछन् कि “राजनीति भनेको संघर्ष हो, शक्ति त आफै संघर्ष भैहाल्छ" शहरिया मध्यम वर्ग परिवर्तन एक रातमा आउँदैन भन्ने बुझ्दैनन र छिट्टै धैर्यता गुमाउदछ तर प्रायः मानिसको आक्रोश पनि त्यसैको अभिव्यक्ति हो ।”
माथि उल्लेखित ति कुरा आक्रोशको अभिव्यक्ति होइन, शब्दका नायकहरुलाई चेतावनी हो । पङ्तिकारले लेखेको थियो देश नै बनाउने रहर हो भने, अधिकांश स्थितिमा सैद्धान्तिक स्वरुप जस्तो सुकै भए पनि केहि फरक पर्दैन । यो विश्वमा फरक फरक राज्य व्यवस्था र फरक फरक राज्य संरचना भएका फरक फरक प्रकृतिका कैयौं देशले धेरै प्रगति हासिल गरेका छन् । हाम्रो दक्षिणी छिमेकी राष्ट्र भारतका एक प्रकारको र उत्तरी छिमेकी देश चीनमा अर्को प्रकारको शासन व्यवस्था छ । दुबै राष्ट्रले धेरै प्रगति गरेका छन् । अमेरिका र बेलायत अथवा यूरोपका कतिपय देशको शासन प्रणालीमा फरक छ तिनले पनि धेरै प्रगति देशको सम्बृद्धि र विकास गरेका छन् । पूर्वका कतिपय देशमा पनि अधिनायकवादी व्यवस्था छ; ति राष्ट्रको आर्थिक विकास उदाहरणीय छ । खाडीका अधिकांश मूलुकका राजतन्त्रात्मक र धर्मप्रधान शासन व्यवस्था छ; तर ति राष्ट्रहरु कहाँबाट कहाँ पुगि सके ! खाडी राष्ट्र कतारले त सन् २०२२ को विश्वकप फूटबल प्रतियोगिता नै कतारमा नै आयोजना गर्ने कुरा पक्का पक्की भइसक्यो । कुरा काट्नेले त काट्लान् ! कतारमा तेल धेरै थियो अनि विकास भयो भनेर तर, विश्वमा तेलले भरिपूर्ण तेलको एघारौं ठूलो भण्डार र खनिज पदार्थहरुले भरिभराउ अफ्रिकी राष्ट्र नाइजेरियाको हाल बेहाल छ । पूरा जनसंख्याको आधा भन्दा बढि जनसंख्या गरिबीको रेखामुनी छन् । हामी पनि यति धेरै प्राकृतिक सौन्दर्य र जलविद्युतको भण्डार लिएर बसेका छौं, हाम्रो देशको हालत पनि नाजुक छ । हाम्रै छिमेकी राष्ट्र भुटानले पनि धेरै प्रगति गरेको छ । हाम्रा देशका शब्दका नायकहरुलाई के भन्न खोजेको हो भने तपाईका ति खोक्रा शब्दले (जनवाद, बहुलवाद) देशको सम्वृद्धि कुनै हालतमा हुँदैन । तपाईहरुका ति सयौं झुटा आश्वासन दिनु भन्दा एउटा कुरालाई मनन गर्दै राम्ररी काम गर्ने वा देशको सम्वृद्धिलाई मध्येनजर गर्दै काम गर्ने हो भने मात्र देशको विकास हुन्छ । अझ भन्नु पर्दा व्यापक विदेशी चलखेल हुने हाम्रो जस्तो देशमा शब्दले होइन एकता, आदर्श निश्पक्ष, इमान्दारीले मात्र कार्य गर्न सक्छ जो मेरो देशको राजनीति नेतृत्वमा शून्य छ । 
सानो उदाहरणबाट व्याख्या गर्दा नेपालको संविधान २०७२ जनतामा निहित सार्वभौमसत्ता यस संविधानको मूल मर्म हो । वरिष्ठ अधिवक्ता समेत रहेका संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले ३० भदौको संविधान सभा बैठकबाट संविधान परित भएपछि यस संविधानलाई सबैभन्दा प्रगतिशिल संविधान भनेका थिए । मलाई जहाँसम्म लाग्छ नेपालका हालसम्मका संवैधानिक इतिहासलाई हेर्दा जहाँ सम्म लाग्छ नेपालको संविधान २०७२ सालको संविधान प्रगतिशिल  संविधान नै हो तर पनि यो संविधानले नत जनतामा खुसी नै ल्याउन नत देशको विकास नै भैरहेको छ । संविधानमा त सार्वभौमसत्ता जनतामा निहित भनेर उल्लेख त ग¥यो तर त्यो कुरा संविधानको पानामा मात्र सिमित हुने पुप्यो । त्यस्तै भव्य समारोहका बिच २०७२ असोज ३ गतेका दिन तत्कालिन राष्ट्र पनि डा.रामवरण यादवदारा जारि नेपालको संविधानलाई संवैधानिक कानुनविदु र राजनितिक विश्लेषकहरु पनि हाल सम्मकै प्रगातिशिल संविधान मान्दछन् तर पनि संविधानमा ३१ वटा मौलिक हकहरु राखियो र जनताको हकहितका लागि धेरै कुराहरु समावेश गरियो तर ति हक र अधिकारहरु पानामा मात्रै सिमित हुन पुगे । हाल सम्म देशमा न त ति शब्दहरुको पालना भयो न त देख्ने गरी आर्थिक विकास नै भयो । त्यसको साटो दिन प्रति दिन हत्या, हिंसा, वलत्कार जस्ता विभिन्न समस्याले मेरो देश दिनप्रतिदिन झेलिदै गइरहेको छ तर यि शब्दका नायकहरु शब्दमा मात्र सिमित छन् शब्दले मात्र आफुलाइ सच्चा देश भक्त सम्झिरहेका छन् । यि शब्दका नायकहरुलाई शान्ति, शु–सासन र विकास त वहाना मात्र हो, पहिलो लक्ष्य त कुर्सी नै हो । यहाँ शब्दहरुका नायकहरु आफ्नो ठूल ठूला आदर्श छाट्न शब्दहरुको खोल ओढेर चाँदी झै टल्किन खोजि रहेका छन् । सवैभन्दा विडम्वनाको कुरो त यसैमा छ । त्यस्तै यि शब्दका नायकहरुको शब्दले मात्र देशलाई स्वर्ग जस्तै सुन्दर वनाइ सके तर वास्तवमा देशको हालत हेर्दा जस्ताको तेस्तै, जनताका समस्या ज्यूका तिउ नै छन् । 
हालको मेरो देशको राजनिति स्थितिलाई हेर्दो हाल सत्तामा रहेको नेपाल कम्न्युनिष्ट पार्टिका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिलाई केवल नेपालमा रेल र पानी जहाज ल्याउने कुरा मात्रै गर्नहुन्छ । तर वहालाई थाहाँ भएको भनौ कि थाहाँ नभएको भनौ नेपाली जनताले कति पिडा र दुःख पाइरहेको छन्, सडकमा धुलो र हिलोको कारणले वाहिर आउने नसक्ने अवस्था छ तर वहाँलाई रेल र पानीजहाजको मात्रै चिन्ता छ वहाँले त केवल शब्दले मात्र नेपाली जनताको पेट भर्नुछ । त्यस्तै अहिलेको प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको हालकोे स्थितिलाई हेर्दा सरकारको आलोचना वाहेक केहि छैन देशमा नयाँ सरकार आएको ५÷६ महिना नपुग्दै सत्ता छोड्नै पर्छ भन्ने दवाव दिइरहेको छ । उनीहरु डा. गोविन्द केसिलाई ढाल वनाएर चक्काजाम सडकमा अनावश्यक भिड गर्दै जनतालाई दुःख दिइरहेका छन् तर यसको मतलव मैले डा. गोविन्द केसि अनसन विना अर्थ वस्नु भएका छन् भन्न खोजेको होइन । नेपाली काङ्गे्रस सत्तामा हुदा पनि त डा. गोविन्द केसि अनसन वस्नु भएको थियो तर त्यति बेला किन काङ्ग्रेस उहाँका मागहरुलाई सम्बोधन गर्न सकेन ? किन जुन राजनितिक दल आफु प्रतिपक्ष भए पछि अगाडि पछाडि उहाँका मागलाई कसैले सुन्दैनन् ? यि कुराहरु गर्दा कुनै राजनितिक दलको समर्थन र कुनै को विरोध गर्ने खोजिको होइन । अन्यथा नजाओस् ।
अन्तिममा म के भन्न चाहान्छ भने तपाईहरु शब्दले आफुलाई नायकहरु भन्ने न सम्झनु होला तपाईका ति झुटा शब्दको कुनै औचित्य छैन् । तपाईहरु ति शब्दले देशभक्त पनि बन्न सक्नु हुन्न । देश र जनाताको हितका लागि काम गर्नुहोस् ! देशलाई विकास र सम्वृद्धिको बाटोमा डो¥याउनु होस्, दुःख र गरिव जनताको हितको लागि काम गर्नुहोस् त्यसपछि तपाईहरु नायक होइन् कि भगवान सरह सम्झिनेछन् आमजनताहरु ।