Close This

धनगढीमा सांगितिक कार्यक्रम हुने

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
द मानसन नेपालको आयोजनामा धनगढीमा आउँदो भदौं १० गते सांगितिक कार्यक्रम हुने भएको छ । 
    महिला हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले सांगितिक कार्यक्रम गर्ने जनाइएको छ । ‘महिलामाथिको हिंसा रोकौं’ भन्ने मुख्य नाराका साथ आयोजना हुने सांगितिक कार्यक्रममा चर्चित गायक एवम् युटयुबर नितेशजंग कुँवरको् मुख्य प्रस्तुति रहने जनाइएको छ । यसैगरी, कलाकार प्रसन्न अधिकारी, डीजे बी क्यास र स्थानीय कलाकारको पनि प्रस्तुति रहने मानसन नेपालका सीइओ पंकज बुढाथोकीले जानकारी दिए । 
    रक्षा बन्धनको अवसर पारेर धनगढीमा उक्त कार्यक्रम गर्न लागिएको हो । पछिल्लो समय प्रदेश नम्बर ७ मा महिला हिंसा सम्बन्धी घटना बढ्दै गएकाले कार्यक्रम मार्फत महिलाहरुलाई आदर, सम्मान गर्नका लागि दबावमूलक सन्देश दिने बुढाथोकीले जनाए । 
    उक्त कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग रहेको छ भने सह–प्रायोजक भेस्पा स्कुटर रहेको छ । ओम प्यालेसमा उक्त कार्यक्रम हुनेछ ।