Close This

कांग्रेस अवरोधले संसद बैठक स्थगित

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश नं ७ प्रदेश सभा बैठक कार्य सूचीमा प्रवेश नगरी शुक्रवार स्थगित भएको भएको छ ।
दिउसो ३ बजेका लागि बोलाईएको प्रदेशसभा बैठक सुरु हुने बितिकै काँग्रेसका प्रदेशसभा सदस्यहरुले आ–आफ्नो सिटमा उभिएर विरोध जनाएका थिए । प्रदेश ७ का सभामुख अर्जुन बहादुर थापाले कार्य व्यवस्था परामर्श समितिमा कुनै जानकारी नै नआएको भन्दै प्रदेशसभा सदस्यहरुलाई आफ्नो स्थानमा बस्न पटक÷पटक आग्रह गरेपनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नमानेपछि बैठक साउन ७ गते सम्मका लागि स्थगित गरिएको छ । 
बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै नेपाली काँग्रेसकातर्फबाट प्रदेशसभा सदस्य भरत बहादुर खड्काले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले छापामार शैलीमा अपहरण गरी काठमाण्डौँ पु¥याइएकाले प्रदेशसभा बैठक अवरोध गरिएको बताए । उनले केसीका माग सम्बोधन नहँुदासम्म काँग्रेसले प्रदेशसभा बैठक स्थगित गर्ने बताए ।